News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको गोलबजार क्षेत्रमा सुरक्षा अवस्थालाई मध्यनजर गर्दै दिउँसो ३ देखि ५ बजेसम्म दुई घण्टाका लागि कर्फ्यू आदेश खुकुलो बनाइएको छ ।
- जिल्ला प्रशासन कार्यालय सिरहाले दैनिक उपभोग्य सामग्रीको जोहो गर्न सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले सो निर्णय गरेको जनाएको छ ।
- प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कर्फ्यू खुकुलो भए पनि पाँच जनाभन्दा बढी मानिस भेला हुन नपाइने र शान्ति कायम राख्न आग्रह गर्नुभएको छ ।
१६ साउन, सिरहा । सिरहाको गोलबजार क्षेत्रमा दुई घण्टाका लागि कर्फ्यू आदेश खुकुलो बनाइएको छ ।
दिउँसो ३ देखि ५ बजेसम्म दुई घण्टाका लागि खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय, सिरहाले जानकारी गराएको छ ।
सुरक्षा अवस्थाको विश्लेषण तथा सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्रीको व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले कर्फ्यू खुकुलो बनाइएको प्रशासनले जनाएको छ ।
उक्त अवधिमा लामो दूरीका सवारीसाधन सञ्चालनमा आवश्यक सहजीकरण गर्न सुरक्षा निकायलाई समेत अनुरोध गरिएको छ ।
साथै, उक्त अवधिमा पाँच जनाभन्दा बढी व्यक्तिको समूहमा भेला हुन नपाइने प्रशासनले स्पष्ट गरेको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनामा कर्फ्यू खुला भए पनि शान्ति–सुरक्षा कायम राख्न सबैलाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गरिएको छ ।
यसअघि जिल्ला प्रशासनले लहान क्षेत्रमा जारी रहेको कर्फ्यू भने हटाइसकेको छ ।
प्रतिक्रिया 4