+
+
Shares

संसद्को सार्वजनिक लेखा समितिमा १७ वटा उजुरी

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा १७ वटा उजुरी परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते १२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा परेका १७ वटा उजुरीमाथि छलफल गर्न सोमबार दिउँसो २ बजे बैठक बस्ने भएको छ।
  • समिति सभापति भरतबहादुर खड्काले बैठकमा उजुरीको विवरणबारे छलफल गरी सांसदहरूलाई जानकारी गराइने बताए।
  • संसद् सचिवालयले उजुरीमा एकद्वार प्रणाली लागु गर्ने तयारी गरिरहेकाले त्यसको प्रभावकारिताबारे पनि समितिमा छलफल हुनेछ।

१७ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा १७ वटा उजुरी परेको छ ।

प्राप्त उजुरीका सम्बन्धमा छलफल गर्न समितिले सोमबार बैठक राखेको छ । दिउँसो २ बजे बस्ने बैठकमा प्राप्त उजुरीको विवरणका सम्बन्धमा छलफल हुने समिति सभापति भरतबहादुर खड्काले जानकारी दिए ।

साथै, ती विवरण सांसदहरूलाई वितरण गरिनेछ ।

लेखा समितिमा चालु कार्यकालमा १७ वटा उजुरी परेका हुन् ।

संघीय संसद् सचिवालयले संसदीय समितिहरूमा पर्ने उजुरीमा एकद्वार प्रणाली लागु गर्दैछ । यसो गर्दा एउटै उजुरी एक भन्दा बढी समितिमा नपर्ने र जुन संसदीय समितिसँग सम्बन्धित विषय हो सोही समितिले मात्रै प्राप्त उजुरी हेर्ने गरी एकद्धार प्रणाली लागु गरिँदैछ ।

यस अगाडि सम्बन्धित समितिमा के कस्ता उजुरी रहेका छन् भनेर सम्बन्धित समितिहरूले छलफल गर्दैछन् । यस अन्तर्गत लेखा समितिले पनि समितिमा प्राप्त उजुरीबारे छलफल गर्न लागेको हो ।

प्राप्त उजुरीको गाम्भीर्यता हेरेर कसरी अगाडि बढने भन्ने विषयमा समितिमा छलफल हुनेछ । त्यसआधारमा उजुरीहरू उपरकोक कामकारबाही के हुने भनेर तय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?