News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं मोडल कलेजले साउन १५ गते शुक्रबार आफ्नो २३ औं दीक्षान्त समारोह सम्पन्न गर्दै स्नातक तह उत्तीर्ण १२० जना विद्यार्थीलाई दीक्षित गरेको छ।
- मुख्य वक्ता प्रा. डा. सन्तोष खड्काले दीक्षित विद्यार्थीहरूलाई राष्ट्र र राष्ट्रियतासँग जोडिँदै समुन्नत भविष्यका लागि सुसंस्कृत भएर अघि बढ्न सुझाव दिनुभएको छ।
- समारोहमा उत्कृष्ट विद्यार्थीहरूलाई केएमसी एकेडेमिक एक्सेलेन्स अवार्डसहित विभिन्न विधामा नगद र प्रमाणपत्रद्वारा सम्मानित गरिएको छ।
१७ साउन, काठमाडौं । काठमाडौंको बागबजारमा अवस्थित काठमाडौं मोडल कलेजले आफ्नो २३ औं दीक्षान्त समारोह साउन १५ गते शुक्रबार सम्पन्न गरेको छ ।
काठमाडौं मोडल कलेज तथा केएमसी एजुकेसनल नेटवर्कका कार्यकारी निर्देशक सह प्रा. अजय प्रसाद ढकालको अध्यक्षतामा समारोहक सम्पन्न भएको छ। कलेजमा अध्ययन गरी स्नातक तह उत्तीर्ण गरेका करिब १२० जना विद्यार्थी दीक्षित भएका छन् ।
कलेज प्रमुख सुरेन्द्र सुवेदीले दीक्षित विद्यार्थी कलेजका ब्रान्ड एम्बेसेडर भएको जानकारी गराउँदै विद्यार्थीको प्रगतिमा कलेजले सधै गर्व गरिरहने बताए । सोही अवसरमा कलेज प्रमुख सुवेदीले दीक्षित विद्यार्थीहरुलाई सुशोभन शपथ खुवाएका थिए ।
कार्यक्रममा क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्रा. डा. सन्तोष खड्का मुख्य वक्ताको रुपमा थिए । उनले दीक्षित विद्यार्थीहरूलाई आफूले अध्ययन गरेको ज्ञान र प्राप्त गरेको सिपलाई आफ्नो राष्ट्र र राष्ट्रियतासँग जोड्दै समुन्नत भविष्यका लागि सुसंस्कृत हुँदै अगाडि बढ्न सुझाव दिए ।
समारोहमा कलेजमा अध्ययन गर्दै गर्दा स्टुडेन्ट क्वालिटी सर्कल तथा विभिन्न क्लबहरूमा रहेर योगदान दिएका विद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो।
कलेजले केएमसी एकेडेमिक एक्सेलेन्स अवार्ड अन्तर्गत बीबीएतर्फ रबिन्सन भण्डारी, बीबीएम तर्फ बिगुल सापकोटा, बीसीए तर्फ अनिकेत मण्डल, बिए तर्फ श्रेयिशा दाहाल र बीबीएस तर्फ प्रिती न्यौपानेलाई प्रमाणपत्र, अवार्ड तथा ३३ हजार ३३३ रुपैयाँ नगदबाट सम्मान गरिएको थियो।

यस्तैगरी बेस्ट अन्डरग्राजुएट रिसर्च अवार्डबाट बीबीएसतर्फ बेस्ट रिसर्च प्रोजेक्टबाट दिया ताम्राकार, बीबीएम तर्फ बेस्ट इन्टर्नसिप रिपोर्टबाट विवेक पाण्डे , बीबीएतर्फ बेस्ट समर प्रोजेक्टबाट दिलिप बिष्टलाई र बीसीएतर्फ बेस्ट प्रोजेक्ट बाट जेनिश महर्जनलाई प्रमाणपत्र, अवार्ड तथा ३३ हजार ३३३ रुपैयाँ नगदबाट सम्मान गरिएको थियो।
केएमसी एक्सेलेन्ज अवार्ड भने बीबीएमका बिगुल सापकोटाले हात पार्न सफल भए । उनलाई प्रमाणपत्र, अवार्ड तथा ४० हजार नगदबाट सम्मान गरिएको थियो।
प्रतिक्रिया 4