+
+
Shares

मधेशमा पानीको हाहाकार, सुरक्षित पिउने पानीको पहुँचमा २० प्रतिशत घरधुरी

विकास, आर्थिक मामिला तथा सुशासन समितिका सचिव डा. रोजनाथ पाण्डेका अनुसार मधेशमा २० प्रतिशत घरधुरीमा मात्र सुरक्षित खानेपानीको पहुँचमा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १०:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाको विकास समितिले मधेश प्रदेशमा खानेपानी र सिँचाइको अवस्था अत्यन्त चुनौतीपूर्ण रहेको प्रतिवेदन तयार गरेको छ ।
  • मधेशका २० प्रतिशत घरधुरी मात्र सुरक्षित खानेपानीको पहुँचमा रहेको र राज्यको लगानी कमजोर हुँदा २०० भन्दा बढी आयोजना अधुरै रहेको अध्ययनले औंल्याएको छ ।
  • समितिका सचिव डा. रोजनाथ पाण्डेले आकाशे पानीको भरमा रहनुपर्ने अवस्थाका कारण भविष्यमा गम्भीर समस्या निम्तिन सक्ने चेतावनी दिएका छन्।

१८ साउन, काठमाडौं । मधेश प्रदेशमा सिँचाइ र सुरक्षित खानेपानी दुवैको चरम समस्या रहेको संसदीय अध्ययनले देखाएको छ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले गरेको अध्ययनले मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनको अवस्था चुनौतीपूर्ण रहेको देखाएको हो ।

समितिका सचिव डा. रोजनाथ पाण्डेका अनुसार मधेशमा २० प्रतिशत घरधुरीमा मात्र सुरक्षित खानेपानीको पहुँचमा छन् ।

‘करिब करिब २० प्रतिशत वरिपरि घरधुरी मात्रै सुरक्षित खानेपानीको पहुँचमा छन्’, डा. पाण्डे भन्छन्, ‘आकाशे पानीको भरमा रहनुपर्ने भएकाले कुनै पनि बेला मधेशमा समस्या निम्नि सक्ने देखिन्छ । सिंचाइको प्रवन्ध भयो भने खानेपनीको पनि सहजता हुने अध्ययनले औंल्याएको छ ।’

गत वर्षको खडेरीसँगै मधेशका विभिन्न क्षेत्रमा हैजा लगायतका रोगको प्रकोप बढेको, खानेपानीको अभाव देखिएको र सरसफाइ व्यवस्थापन कमजोर रहेको विवरणसहितको प्रतिवेदन तयार भएको छ ।

मधेश प्रदेशको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था, भूमिगत जलको अवस्था, खडेरी प्रभावित समुदायको अवस्था, जल पुनर्भरण तथा जलस्रोत व्यवस्थापनसम्बन्धी विषयलाई समेटिएको यो प्रतिवेदन सोमबार राष्ट्रिय सभामा पेस हुँदैछ ।

राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । जहाँ विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

समितिका सचिव डा.पाण्डेका अनुसार आज पेस भएको प्रतिवेदनमाथि अर्को कुनै बैठकमा छलफल हुनेछ ।

उनका अनुसार प्रतिवेदनले सरसफाइको अवस्था एकदम कमजोर रहेको औंल्याएको छ । ‘खानेपानीको दिर्घकालीन समाधान खोज्नुपर्ने भनेर सुझाइएको छ । यो क्षेत्रमा राज्यको लगानी एकदम कमजोर हुँदा समस्या भएको भनेर ध्यानाकर्षण गराइएको छ’, उनी भन्छन्, ‘संघ, प्रदेश र स्थानीय तहका २०० भन्दा बढी आयोजना अधुरै छन् । परिणाममा आकाशे पानीको भरमा रहनुपर्ने अवस्था छ । यसले कुनै पनि बेला मधेशमा समस्या निम्नि सक्ने अवस्थ देखिन्छ ।’

मरिन कहिले बन्छ थाहा नभएको र बागमती, कोशी, कमला नदीको पानी सिंचाइमा प्रयोग हुन नसकेको डा.पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?