४ कात्तिक, काठमाण्डौ । बिश्वका खराव एयरपोर्टको सूचीमा नेपालको एकमात्र अन्तराष्ट्रिय बिमानस्थल- त्रिभुवन बिमानस्थल तेस्रो स्थानमा परेको छ ।
स्लिपिङ इन एयरपोर्ट वेबसाइटले सार्वजनिक गरेको बिश्वका उत्कृष्ट र खराव एयरपोर्टहरुको बेग्लाबेग्लै सूचीमा नेपालको बिमानस्थल बिश्वको तेस्रो झुर र एशिया क्षेत्रको दोस्रो झुर एयरपोर्टमा परेको छ ।
यी एयरपोर्टमा यात्रा गर्ने यात्रुसँग बिमानस्थलको ग्राहक सेवा, सुबिधा,  अाराम, सरसफाई लगायतका बिषयमा प्रतिक्रिया लिइएको थियो ।
यात्रुहरुले त्रिभुवन बिमानस्थल बस स्टेसनभन्दा पनि झुर रहेको प्रतिक्रिया दिएका छन् । बाथरुम निकै फोहोर हुने र त्यहाँ साबुन देख्नै नपाइने भन्दै यात्रुहरुले आक्रोश पोखेका छन् ।
‘एयर कन्डिसन छैन, चुरोट पिउने यात्रुलाई बेग्लै कोठाको ब्यबस्था छैन, प्लेन कुरिरहँदा केही बेर भएपनि निदाउँ भन्ने सोच्दै नसोचे हुन्छ, एयरपोर्टमा सुत्न सकिन्न’- यात्रुले प्रतिक्रिया दिएका छन् ।
यही कारणले काठमाण्डौको एयरपोर्ट एशिया क्षेत्रमै दोस्रो झुर एयरपोर्टको सूचीमा समेत परेको छ । झुर एयरपोर्टको पहिलो नम्बरमा पाकिस्तानको बेनजिर भुट्टो एयरपोर्ट परेको छ जसलाई यात्रुहरुले ‘जेलजस्तै’ भनेका छन् । दोस्रोमा साउदी अरेबियाको जेद्दा बिमानस्थल परेको छ ।
अघिल्ला बर्षहरुमा झुर एयरपोर्टको सूचीमा पहिलो नम्बरमा परेको फिलिपिन्सको मनिला एयरपोर्ट भने यो बर्ष चौथो स्थानमा उक्लिएको छ । टर्मिनल ३ को सुरुवातपछि यो बिमानस्थलमा केही सुधार देखिएको छ ।
उत्कृष्ट एयरपोर्टको सूचीमा फेरि पनि सिंगापुरको चाङ्गी एयरपोर्ट परेको छ जहाँ एयरपोर्टमै स्पा, स्वीमिङ पुल, सिनेमा हल र जिमखानाको सुबिधा छ । अनौठो के छ भने सर्वेक्षण सुरु भएको १८ बर्षदेखि नै सिंगापुर एयरपोर्ट नम्बर एक स्थानमा छ ।
बिश्वका झुर एयरपोर्ट
१. बेनजिर भुट्टो बिमानस्थल, स्लामाबाद, पाकिस्तान
२. किङ अब्दुल्लाह बिमानस्थल, जेद्दा, साउदी अरब
३. त्रिभुवन बिमानस्थल, काठमाण्डौ, नेपाल
४. मनिला निन्वे एक्वीनो बिमानस्थल, फिलिपिन्स
५. तास्केन अन्तराष्ट्रिय बिमानस्थल, उज्वेकिस्तान
६. पेरिस ब्युभिस टील एयरपोर्ट- फ्रान्स
७. फ्याङकर्फट हान एयरपोर्ट, जर्मनी
८.बर्गामो ओरियो एयरपोर्ट, इटली
९. तेगेल एयरपोर्ट, बर्लिन, जर्मनी
१०. लागुर्डिया एयरपोर्ट, न्यूयोर्क
उत्कृष्ट बिमानस्थल
१. चाङ्गी एयरपोर्ट, सिंगापुर
२. इन्चोन एयरपोर्ट, दक्षिण कोरिया
३. हेल्सिन्की एयरपोर्ट, फिनल्याण्ड
४. न्युनिख एयरपोर्ट, जर्मनी
५. भ्यानकोभर एयरपोर्ट, क्यानडा
६. क्वालालम्पुर एयरपोर्ट, मलेसिया
७. हङकङ एयरपोर्ट, हङकङ
८. टोक्यो हानेदा एयरपोर्ट, जापान
९. चिपोल आम्सट्रडम एयरपोर्ट, नेदरल्याण्ड
१०. जुरिच एयरपोर्ट, स्वीटजरल्याण्ड
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4