+
+
Shares

कूटनीतिक र आर्थिक संकटबाट पार पाउन सरकार गम्भीर बन्नुपर्छ : सांसद शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १५:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभामा कांग्रेस सांसद युवराज शर्माले सरकार जनसरोकारका मुद्दा छोडेर लोकप्रियतावाद र भ्रमको खेतीमा लागेको आरोप लगाउनुभयो ।
  • सांसद शर्माले सरकारले लोकतान्त्रिक विधि मिचेर गरेका निर्णयहरू अदालतबाट पटक–पटक बदर भइरहेको भन्दै सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउनुभयो ।
  • उनले नेपाल सुन र लागुऔषध तस्करीको ट्रान्जिट पोइन्ट बन्नुका साथै बढ्दो साम्प्रदायिक दङ्गाप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

१८ साउन, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद युवराज शर्माले सरकारको कार्यशैलप्रति आपत्ति जनाएका छन् ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै शर्माले सरकारले जनसरोकारका मुद्दा सम्बोधन गर्नुको साटो सस्तो लोकप्रियता र भ्रमको खेती गरिरहेको आरोप लगाए ।

सरकारको कानुनी प्रक्रियाको उल्लंघन र बढ्दो ‘पपुलिजम’ (लोकप्रियतावाद) प्रति कडा आपत्ति जनाए । सांसद शर्माले सरकारले लोकतान्त्रिक विधि र कानुनी प्रक्रियालाई मिचेर निर्णय गर्ने गरेको र त्यसको परिणामस्वरुप अदालतबाट पटक–पटक धक्का खाइरहेको आरोप लगाए ।

घर–घरमा राहदानी पुर्‍याउने दाबी गरिए पनि व्यवहारमा नागरिकले सास्ती भोग्नु परेको र किसानले मल तथा बीउको अभाव झेलिरहनु परेको उनको भनाइ छ ।

‘वर्तमान सरकारले लोकतान्त्रिक विधि मिचेर गरेका निर्णयहरू अदालतबाट बदर भइरहेका छन् । अहिले फेरि न्यायाधीशलाई महाअभियोग लगाउने चर्चा चल्नुले सरकारको नियतमाथि प्रश्न उठाएको छ,’ उनले भने, ‘नेपाल धार्मिक सहिष्णुताको पक्षधर भनिए पनि वर्षेनी साम्प्रदायिक दङ्गाहरू भइरहेका छन् । अल्पसङ्ख्यकहरूले असुरक्षित महशुस गरिरहेका छन् । सरकार प्रमुख र राष्ट्र प्रमुख यस्ता संवेदनशील विषयमा सचेत हुनुपर्दछ ।’

सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रमजालले युवाहरूलाई उत्तेजित बनाएको र यसले मुलुकलाई कुन अवस्थामा पुर्‍याउने हो भन्ने यकिन नभएको उनले जिकिर गरे ।

नेताहरूमा देखिएको ‘वैचारिक विचलन’ र राजनीतिक ‘पाखण्ड’प्रति टिप्पणी गर्दै उनले कम्युनिष्ट नेताहरूले पशुपतिमा गर्ने विशेष पूजा र काँग्रेसका केही नेताहरूको तर्कविहीन आस्थाको प्रदर्शनलाई ‘विचारच्युत नाङ्गोपन’ को संज्ञा दिए ।

नेपाल सुन, कोकेन र गाँजा तस्करीको ट्रान्जिट पोइन्ट बन्दै गएको तथा पर्यावरण विनाश भइरहेको भन्दै उनले यस्ता कूटनीतिक र आर्थिक संकटबाट पार पाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?