+
+
Shares

विपद् जोखिमप्रति सतर्क बाजुरा प्रहरी, जोखिमयुक्त बस्तीमा निरन्तर गस्ती

सुदूरपश्चिम हिमाल र उच्च पहाडमा रहेको यो जिल्लामा बर्सेनि ठूलास्तरका विपद्का घटना हुने गर्दछन् । जिल्लालाई जोड्ने मुख्य सडक पटक–पटक अवरुद्ध हुन्छ । यसर्थ यहाँ विपद् पूर्वतयारी र प्रतिकार्य निकै चुनौतीपूर्ण रहँदैआएको छ ।

प्रकाश सिंह प्रकाश सिंह
२०८३ साउन २१ गते १४:२४

२१ साउन, बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुराले विपद् पूर्वतयारीलाई प्राथमिकतामा राखेर जिल्लाका जोखिमयुक्त क्षेत्रमा निरन्तर सुरक्षा गस्ती गरिरहेको छ ।

वर्षायामसँगै बढ्दो बाढी, पहिरो तथा सडक अवरुद्ध हुने जोखिमलाई मध्यनजर गर्दै गस्ती तीव्र बनाएको जिल्ला प्रहरी कार्यलय बाजुरामा प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराले बताइन् । नागरिकको सुरक्षासँगै सम्भावित विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्रहरी नियमित रूपमा फिल्डमा परिचालित भएको डीएसपी बोहराको भनाइ छ ।

‘घटना भएपछि मात्र उद्धारमा खटिने परम्पराभन्दा जोखिमको पूर्वपहिचान, नियमित अनुगमन, स्थानीयलाई सचेत गराउने रणनीतिअनुसार गस्ती सञ्चालन गरिएको हो,’ उनले भनिन् ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर) नरेशबहादुर शाहीको नेतृत्वमा पछिल्ला दिनमा बुढीगंगा र त्रिवेणी नगरपालिकाका विभिन्न वडामा जाखिमयुक्त क्षेत्रमा गस्ती परिचालन भएको थियो । प्रहरी गस्तीले सडकमा खसेका ढुंगा हटाउनेदेखि जोखिम क्षेत्रको पहिचान र अनुगमन समेत गरेको इन्स्पेक्टर शाहीले बताए ।

वर्षाका कारण बाजुरामा पटक–पटक सडक अवरुद्ध हुने र त्यसले यात्रुको जोखिम र सास्तीसमेत हुने भएकाले त्यसलाई सहज बनाउन प्रहरी चनाखो रहेको पनि उनले बताए ।

‘प्रहरीको भूमिका शान्ति–सुरक्षा मात्रै नभई विपद् व्यवस्थापनमा पनि हुन्छ । हामी विपद्पछिको प्रतिकार्यमा मात्र नभई पूर्वतयारीमा पनि काम गर्नुपर्छ भन्ने मनशायका साथ सक्रिय छौं,’ इन्स्पेक्टर शाहीले भने ।

बाजुरा भौगोलिक रूपमा विकट छ । सुदूरपश्चिम हिमाल र उच्च पहाडमा रहेको यो जिल्लामा बर्सेनि ठूलास्तरका विपद्का घटना हुने गर्दछन् । जिल्लालाई जोड्ने मुख्य सडक पटक–पटक अवरुद्ध हुन्छ । यसर्थ यहाँ विपद् पूर्वतयारी र प्रतिकार्य निकै चुनौतीपूर्ण रहँदैआएको छ ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?