+
+
Shares

फिलिपिन्समा पहिरोमा परी चार जनाको मृत्यु

वर्षाका कारण राजधानी र उत्तरी प्रान्तका विभिन्न क्षेत्रमा सरकारी कार्यालय तथा विद्यालयहरू बन्द गर्ने आदेश दिइएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिलिपिन्सको उत्तरी भागमा आएको भीषण पहिरोमा परी चार जनाको मृत्यु भएको छ ।
  • भारी वर्षाका कारण राजधानी र उत्तरी प्रान्तका विद्यालय तथा सरकारी कार्यालयहरू बन्द गरिएको छ ।
  • मौसमविद्ले ट्रपिकल स्टोर्म कुजिराका कारण अझै तीव्र हावाहुरी आउन सक्ने चेतावनी दिएका छन् ।

२१ साउन, मनिला (रासस/एएफपी) । फिलिपिन्समा पहिरोमा परी चार जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् । उष्णकटिबन्धीय न्यून चापीय प्रणाली (ट्रपिकल डिप्रेसन) का कारण आएको भारी वर्षाले देशको उत्तरी भागमा मौसमी असर पारेकाले विद्यालयहरू बन्द गर्न बाध्य पारेको जनाइएको छ ।

टापुहरूको राष्ट्र फिलिपिन्सको मुख्य टापु लुजोनमा विगत चार दिनदेखि भारी वर्षा भइरहेको जनाइएको छ । वर्षाका कारण राजधानी र उत्तरी प्रान्तका विभिन्न क्षेत्रमा सरकारी कार्यालय तथा विद्यालयहरू बन्द गर्ने आदेश दिइएको थियो ।

मनिलाबाट उत्तरतर्फ गाडीमा छ घण्टाको दूरीमा रहेको बेन्गुएट प्रान्तमा बिहीबार एउटा पहाडको ढिस्को खसेर सानो रेस्टुरेन्टमाथि पर्दा भान्सामा रहेका तीन कर्मचारी पुरिएको जनाइएको छ ।

उनीहरुको उद्धार गरिएको जनाउँदै बेन्गुएट प्रान्तीय प्रहरीका कर्णेल डियोनिसियो बोनोयले एक जना जीवितै रहेको र दुई जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।

देशको राष्ट्रिय विपद् व्यवस्थापन विभागले छिमेकी रिजाल प्रान्तमा अघिल्लो दिन गएको पहिरोमा परी अन्य दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

सरकारी मौसमविद् जोन मानालोले ‘ट्रपिकल स्टोर्म कुजिरा’ (उष्णकटिबन्धीय आँधी कुजिरा) बाट कमजोर भई न्यून चापीय प्रणालीमा परिणत भएको सो मौसमी प्रणाली फिलिपिन्स सागरतर्फ अघि बढ्दै गर्दा हावाको गति प्रतिघन्टा करिब ५५ किलोमिटर रहेको बताएका छन्।

तीव्र हावाले अझै पनि देशका अधिकांश भागहरूलाई असर गर्न सक्ने उनले चेतावनी दिए । फिलिपिन्स प्रशान्त महासागरको चक्रवात क्षेत्र (साइक्लोन बेल्ट) को सामना गर्ने पहिलो ठूलो भू–भाग हो । यस टापु–राष्ट्रमा हरेक वर्ष औसतमा २० वटा आँधी र टाइफुन आउने गर्छन्, जसले गर्दा विपद्को जोखिममा रहेका क्षेत्रका लाखौँ मानिस निरन्तर गरिबीको अवस्थामा रहन बाध्य रहेको जनाइएको छ ।

वैज्ञानिकहरूका अनुसार मानवीय गतिविधिका कारण हुने जलवायु परिवर्तनले चरम मौसमी घटनाहरूलाई बारम्बार, लामो समयसम्म चल्ने र तीव्र बनाउँदै लगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?