News Summary
Generated by OK AI. Editorially reviewed.- ‘मोडल हन्ट नेपाल २०२६’ को दशौं संस्करणका लागि अडिसनमार्फत १६ पुरुष र २६ महिला गरी कुल ४२ प्रतियोगी छनोट भएका छन् ।
- छनोट भएका प्रतियोगीहरूले एक महिनासम्म र्याम्प वाक, व्यक्तित्व विकास र फोटोसुट लगायतका विविध विषयमा व्यावसायिक प्रशिक्षण लिनेछन् ।
- प्रतियोगिताका विजेताले ५ लाख बराबरको पुरस्कार र कम्बोडियामा हुने ‘मिस एण्ड मिस्टर सेलिब्रेटी इन्टरनेसनल’ मा सहभागी हुने अवसर पाउने आयोजकले बताएका छन् ।
काठमाडौँ । फेसन मोडलहरूको प्रतिस्पर्धा ‘मोडल हन्ट नेपाल २०२६’ का लागि ४२ प्रतियोगी छानिएका छन् । दशौं सिजनका लागि २६ महिला र १६ पुरुष मोडल अडिसनबाट छनोट भएका हुन् ।
छनोट प्रतियोगी एक महिनाको प्रशिक्षणसहित फिनालेको तयारीमा जुट्नेछन् । प्रशिक्षणको क्रममा व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्यांग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका व्यक्तित्व विकास सम्बन्धी कक्षामा सहभागी गराइनेछ ।
प्रतियोगितामा विजेता ५ लाख बराबरको पुरस्कार बाहेक सेप्टेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एण्ड मिस्टर सेलिब्रेटी इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।
व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले १० वर्षदेखि नियमितरुपमा यो प्रतियोगिता हुँदै आएको आयोजकले जनाएको छ । फिनाले २४ जुलाई अर्थात साउन ८ गते आयोजना हुने प्रेषित विवरणमा उल्लेख छ ।
प्रतिक्रिया 4