सिंहदरबारमा बुधबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक ।
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ।
- समितिका सभापतिको स्वास्थ्यमा समस्या आएकाले बैठक स्थगित गर्नुपरेको सचिवालयले जानकारी दिएको छ।
- कारागार र हिरासतको मानव अधिकार अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनमाथि हुने भनिएको छलफल अब आगामी बैठकमा हुनेछ।
२२ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठक स्थगित भएको छ ।
समिति सचिवालयले सूचना निकालेर बैठक स्थगित भएको जानकारी दिएको छ ।
‘सभापतिको स्वास्थ्यमा समस्या आएको कारण स्थगित गरिएको’ सूचनामा उल्लेख छ ।
समितिको आजको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन पेस र त्यसमाथि छलफल गर्ने कार्यसूची थियो ।
यो कार्यसूची अब आगामी बैठकमा अगाडि बढ्ने पनि सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4