+
+
Shares

संसदमा डा. चन्द्रमोहनको प्रश्न– ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर कहाँ हरायो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद डा. चन्द्रमोहन यादवले प्रतिनिधिसभा बैठकमा ढल्केबरमा निर्माण गर्ने भनिएको प्रस्तावित ट्रमा सेन्टरको अवस्थाबारे सरकारसँग जवाफ माग गर्नुभएको छ ।
  • उनले चार बिघा जग्गा छुट्याई विगतमा बजेट विनियोजन भइसकेको ट्रमा सेन्टरलाई सरकारले प्राथमिकतामा नराखेको भन्दै आपत्ति जनाउनुभएको छ ।
  • यादवले दुर्घटना र जनसंख्याको चापलाई आधार मान्दै ढल्केबर नै ट्रमा सेन्टर निर्माणका लागि सबैभन्दा उपयुक्त स्थान भएको जिकिर गर्नुभयो ।

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले ढल्केबरमा बनाउने भनिएको ट्रमा सेन्टरबारे सरकारको धारणा मागेका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा उनले ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर कता हरायो भनेर प्रश्न गरे ।

विगतमा सरकारले ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टरका लागि २० करोड र पछि २ करोड रुपैयाँ विनियोजन भएको तर वर्तमान सरकारले ढल्केबरलाई प्राथमिकतामा नराखेको आरोप लगाए । चार बिघा जमिन जमिन पनि छुट्याइसकेको उनले बताए ।

तर बजेट भाषणमा अर्थमन्त्रीले मधेश प्रदेशमा ट्रमा सेन्टर बनाउने भनेको तर ढल्केबरको नाम नलिएको भन्दै उनले दु:ख व्यक्त गरे । यही साउन १९ गते स्वास्थ्यमन्त्रीले संसदमा ट्रमा सेन्टरका लागि ढल्केबरको नाम नलिएर अरु कुनै ठाउँको नाम लिएको बताउँदै उनले भने, ‘ढल्केबर बाहेक अरु कुनै ठाउँमा ट्रमा सेन्टर बन्छ भने हाम्रो विरोध छैन । तर यो ढल्केबरमा प्रस्तावित डेडिकेटेड ट्रमा सेन्टर थियो, त्यो कहाँ हरायो ?’

दुर्घटना र जनसंख्या अनुपातको आधारमा ढल्केर नै ट्रमा सेन्टर निर्माणका लागि उपयुक्त भएको तर्क उनले गरे ।

उनले सरकारले विकासमा पनि राजनीति गरेको टिप्पणी गरे । ‘अर्को शब्दमा भन्दाखेरी विकासलाई ध्यान नदिएर बिल्कुल राजनीतिले विकासका मुद्दालाई पन्छाउन खोजिरहेको छ,’ उनले भने, ‘पहिलेका सरकारले नीति बनाउँदै जाने र आउँदो सरकारले त्यलाई पल्टाउँदै गर्ने हो भने नीतिगत निरन्तरतालाई मासिएको बुझिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?