+
+
Shares

पद ओगट्ने र लडाइँका बेला भाग्नेलाई पार्टीबाट धकेलेरै बिदा गर्छु : राजेन्द्र लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २३ गते १५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा निष्ठावान र क्रियाशील कार्यकर्ताहरूको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफूले लिने बताएका छन् ।
  • लिङ्देनले काम नगरी पद मात्र ओगट्ने र सङ्कटका बेला पछि हट्नेहरूलाई पार्टीबाट बिदा गरिदिने स्पष्ट पारेका छन् ।
  • उनले सङ्गठन सुदृढीकरणका लागि सक्रिय सदस्यता अभियानमा तत्काल केन्द्रित हुन पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

२३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीप्रति निष्ठावान र क्रियाशील कार्यकर्ताहरूको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफूले लिने बताएका छन् ।

राप्रपा काठमाडौं महानगरपालिका नगर कमिटीको अधिवेशनलाई शनिवार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीमा अवसर र व्यक्तित्व विकासको चिन्ता गरेर विचलित नहुन कार्यकर्ताहरूलाई आग्रह गरे ।

अध्यक्ष लिङ्देनले पार्टी र देशको सेवामा समर्पित हुन चाहने हरेक व्यक्तिको राजनीतिक भविष्यको सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘पार्टी अध्यक्षको हैसियतले म विश्वास दिलाउन चाहन्छु, राजनीतिमा लागेर पार्टी र देशको सेवा गर्न चाहने कसैले पनि अवसर पाउँदिन कि भनेर डराउनु पर्दैन,’ देउवाले भने, ‘सबैको राजनीतिक भविष्य सुरक्षित गर्ने जिम्मेवारी म लिन्छु । काम गर्ने साथीहरूका लागि पार्टीमा पूर्ण ठाउँ छ, तर पद मात्र ओगट्ने र लडाइँको बेला भाग्नेहरूलाई म आफैं धकेलेर बिदा गरिदिन्छु ।’

अन्तरसंघर्ष वा विगतका कुनैपनि मतभेदका कारण कोही पनि त्रसित हुनु नपर्ने उल्लेख गर्दै उनले आफू सबैको अभिभावक भएर काम गर्ने बताए । यद्यपि, जिम्मेवारी लिएर काम नगर्ने र सङ्कटको समयमा पछि हट्नेहरूका लागि पार्टीमा कुनै स्थान नहुने उनले स्पष्ट पारे ।

‘पहिले आफ्नो परिवारका सदस्यहरूलाई राप्रपामा आवद्ध गराउनुस् । आफ्नै परिवारका सदस्यले नपत्याएको व्यक्तिलाई छिमेकी र समाजले विश्वास गर्दैनन्,’ उनले भने ।

पार्टीको सङ्गठन सुदृढीकरणका लागि अहिले सक्रिय सदस्यता अभियान चलिरहेको जानकारी दिँदै अध्यक्ष लिङ्देनले यस कार्यमा तत्काल केन्द्रित हुन कार्यकर्ताहरूलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?