+
+
Shares

खोलाले बगाएर बेपत्ता भएका हाइड्रोपावरका सपुरभाइजर मृत भेटिए

भविन कार्की भविन कार्की
२०८३ साउन २३ गते १५:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संखुवासभाको मकालु गाउँपालिका–५ मा खोलाले बगाएर बेपत्ता भएका इदुवा हाइड्रोपावरका सुपरभाइजर स्वागत निरौलाको शव तीन दिनपछि फेला परेको छ ।
  • प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले २८ वर्षीय निरौलाको शव सिमली खोलाले बगाएको स्थानबाट करिब ८० मिटर तल खोचमा भेटिएको जानकारी दिनुभयो ।
  • गत साउन २० गते राति खोला तर्ने क्रममा बेपत्ता भएका निरौलाको खोजीमा प्रहरी र सशस्त्र प्रहरीको टोलीले स्थानीयसँग मिलेर काम गरेका थिए ।

२३ साउन, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका –५ पाकपोकमा खोलाले बगाएर बेपत्ता भएका इदुवा हाइड्रोपावरका  कर्मचारी तीन दिनपछि मृत भेटिएका छन् ।

मकालु गाउँपालिका –५ पाकपोकमा सिमली खोलाले बगाएर बेपत्ता भएका इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ बर्षिया  स्वागत निरौलाको शव बगाएको ठाउँदेखि करिब ८० मिटर तल खोचभित्र भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले बताए ।

साउन २० गते राति ११ बजे  मकालु –५ मा रहेको सिमली खोला तर्ने क्रममा खाँदबारी नगरपालिका –१० का इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ वर्षीय  निरौला बेपत्ता भएका थिए ।

बेपत्ता भएका सुपरभाइजर निरौलाको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो ।

स्थानीयसहितको सहयोगमा ३ दिनदेखि खोजी भइरहेको थियो ।

साउन २० गते  हाइड्रोपावरमा कार्यरत कर्मचारी रुकुम पश्चिम आठबिकोट नगरपालिका – १० का दिनेश विश्वकर्मा र इलाम जिल्लाको इलाम नगरपालिका –१ का राजेन्द्र लिम्बू सहित खाना खाएर बास बस्ने ठाउँ तर्फ जाँदै गरेका निरौलालाई खोलाले बगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?