+
+
Shares

असोज २३ देखि नेपाल फिनटेक एक्स्पो, ६५ भन्दा बढी स्टल रहने

नेपालको फिनटेक इकोसिस्टम र डिजिटल रूपान्तरणलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखिएको यस प्रदर्शनीमा कर्पोरेटदेखि अन्तर्राष्ट्रिय प्रदर्शकहरूका लागि विभिन्न स्टल तथा सहकार्यका अवसर खुला गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २३ गते १६:२४

२३ साउन, काठमाडौं । फिनटेक एलायन्स नेपाल (फ्यान) को आयोजनामा आगामी असोज २३ देखि २५ गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को दोस्रो संस्करण आयोजना हुने भएको छ ।

तीन दिनसम्म सञ्चालन हुने यस एक्स्पोमा ६५ भन्दा बढी प्रदर्शनी कक्ष र दुईवटा विशेष ‘एक्सपेरियन्स जोन’ रहनेछन् ।

यस वर्षको प्रदर्शनीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल बैंकिङ, डिजिटल भुक्तानी, इम्बेडेड फाइनान्स र लेन्डिङ टेक्नोलोजीजस्ता अत्याधुनिक फिनटेक सोलुसनहरू प्रस्तुत गरिनेछन् ।

साथै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूले आफ्ना नवीनतम प्रविधि र उत्पादनहरूको औपचारिक लन्च तथा रिभिल गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।

आयोजकले यस संस्करणमा ६ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र बैंक, वित्तीय संस्था, नियामक निकाय, लगानीकर्ता तथा प्रविधि स्टार्टअपहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरेका छन् ।

व्यापारीक साझेदारी र नेटवर्किङलाई प्राथमिकता दिँदै एक्स्पोको पहिलो दिन विशेष ‘नेटवर्किङ डिनर’ तथा पहिलो पटक ‘प्रिमियम लाउन्ज’ को व्यवस्था गरिएको छ ।

प्रदर्शनीलाई व्यवस्थित बनाउन साधारण टिकट मूल्य २०० र विद्यार्थीहरूका लागि ५० रुपैयाँ तोकिएको छ भने ‘खल्ती’ लाई आधिकारिक टिकटिङ पार्टनर बनाइएको छ ।

नेपालको फिनटेक इकोसिस्टम र डिजिटल रूपान्तरणलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखिएको यस प्रदर्शनीमा कर्पोरेटदेखि अन्तर्राष्ट्रिय प्रदर्शकहरूका लागि विभिन्न स्टल तथा सहकार्यका अवसरहरू खुला गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?