News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको चाँगुनारायण नगरपालिका-२ बाट एलपी ग्यास कालोबजारी गरेको आरोपमा ५७ वर्षीय तुलसीराम त्वयनालाई प्रहरीले पक्राउ गरेको छ।
- उनले उपभोक्तालाई प्रति सिलिण्डर सात हजार रुपैयाँका दरले ग्यास बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
- प्रहरी टोलीले अनुगमनका क्रममा अभियुक्तको साथबाट तीन थान ग्यास सिलिण्डर नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।
२३ साउन, काठमाडौं । खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट बारुदखाना चोकस्थित भाडामा बस्ने वर्ष ५७ को तुलसीराम त्वयना रहेका छन् ।
उनले उपभोक्ताहरूलाई प्रति सिलिण्डर ७ हजारका दरले बिक्री वितरण गरेको भन्ने जानकारी पाएपछि पक्राउ गरिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो क्रममा प्रहरी टोलीले चेकजाँच तथा अनुगमन गर्दा ३ थान सिलिण्डर पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4