+
+
Shares

जेनजी आन्दोलनमा जलेका स्रेस्ता सम्बन्धमा लेखा समितिमा छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते १२:३५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले जेनजी आन्दोलनका क्रममा जलेका स्रेस्ताका विषयमा छलफल गर्न आगामी मंगलबार बैठक बोलाएको छ ।
  • समिति सभापति भरतबहादुर खड्काका अनुसार बैठकमा अर्थमन्त्री, अर्थ सचिव, मुख्य सचिव र महालेखा परीक्षकलाई छलफलका लागि सिंहदरबार बोलाइएको छ ।
  • आन्दोलनमा कागजात जलेको भन्दै लेखापरीक्षण हुन नसकेका विषयमा समितिले सो दिन छलफल गर्ने निर्णय गरेको छ ।

२४ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गत वर्ष २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा जलेका स्रेस्ता सम्बन्धमा छलफल गर्दैछ ।

यो विषयमा छलफल गर्न लेखा समितिले आगामी मंगलबार बिहान ११ बजे बैठक राखेको छ । बैठक सिंहदरवारस्थित समितिको बैठक कक्षमै बस्नेछ ।

समिति सभापति भरतबहादुर खड्काका अनुसार जेनजी आन्दोलनका क्रममा देशभर जेलकै जलेका स्रेस्ताहरूको सम्बन्धमा छलफल गर्न लागिएको हो ।

छलफलमा अर्थमन्त्री, अर्थ सचिव, मुख्य सचिव र महालेखा परीक्षकलाई बोलाइएको छ । जेनजी आन्दोलनमा कागजात जलेको भनेर लेखा परीक्षण नभएको विषयमा लेखा समितिले छलफल गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?