+
+
Shares

चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते ६:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको खैरहनीमा आज बिहान बसको ठक्करबाट अन्दाजी ३०/३५ वर्षीय एक पुरुष पैदलयात्रीको मृत्यु भएको छ ।
  • भरतपुर अस्पतालमा उपचारको क्रममा उनको आज बिहान सवा ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
  • प्रहरीले बस चालक धादिङका ४४ वर्षीय जितेन्द्र बहादुर गुरुङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरू गरेको छ ।

२५ साउन, चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपलिका १ शाहीचोकमा आज बिहान बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

महोत्तरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख २७२८ नम्बरको बसले आज बिहान साढे २ बजेतिर नामथर नखुलेका अन्दाजी ३०/३५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा आज बिहान सवा ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बस चालक धादिङको नीलकण्ठ नगरपालिका १४ बस्ने ४४ वर्षीय जितेन्द्र बहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?