+
+
Shares

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो (तस्वीरहरू)

साउनको अन्तिम सोमबार भएकोले आज पशुपतिनाथसहित देशैभरका शिवालयमा घुइँचो लागेको हो ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ साउन २५ गते १०:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा श्रद्धालुहरूको बिहानैदेखि ठूलो घुइँचो लागेको छ ।
  • धार्मिक विश्वासअनुसार साउनको अन्तिम सोमबार व्रत बसी पूजा गर्नाले मनोकांक्षा पूरा हुने भएकाले व्रतालुहरूको भीड बढेको हो ।
  • सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने बोलबम तीर्थालुहरूले देशभरका प्रमुख शिवालयहरूमा जलार्पण गरी पूजाआजा गरेका छन् ।

२५ साउन, काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।

साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउन महिनाका अरु सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास गरिन्छ ।

साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूजापाठ, दानलगायतका काम गर्दछन् । अन्तिम सोमबार धेरै उपस्थित हुने भएकोले व्रतालुहरु बिहानैले लाइन लागेका थिए ।

बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । उनीहरुले काठमाडौंको सुन्दरीजलबाट ल्याएको जल पशुपतिमा चढाएर पूजापाठ गर्दछन् ।

काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर, दाङको धारपानी लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुइँचो लागेको छ ।

पशुपतिनाथका केही तस्वीरहरू :

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?