फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको पेप्सीकोलाबाट जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।
- प्रहरीले घटनास्थलबाट १ लाख १९ हजार ८ सय ४५ रूपैयाँ र तीन बुक तास बरामद गरेको छ।
- प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।
२५ साउन, काठमाडौं । जुवातास खेलेको आरोपमा काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाबाट १४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुर गट्ठाघर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ का ५६ वर्षीय ध्रुव थापा समेत १४ जना रहेका छन् ।
प्रहरीका अनुसार पेप्सीकोलास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको हो ।
प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख १९ हजार ८ सय ४५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4