२५ साउन, काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरमा द एज अफ डार्कनेसको मञ्चन सुरु भएको छ । धर्मवीर भारतीको चर्चित नाटक ‘अन्धा युग’ मा आधारित नाटकको मञ्चन सुरु भएको हो ।
राजेन्द्र सलभको नेपालीमा रूपान्तरण रहेको यो नाटकमा सुदीप खतिवडाको निर्देशन रहेको छ । यसअघि ११ वर्षअघि यही नाटकमार्फत निर्देशक सुदीपले अभिनयमा प्रवेश गरेका थिए ।

यो नाटककले महाभारत युद्धले निम्त्याएको हिंसा, प्रतिशोध र मानसिक शून्यताले पात्रहरूलाई कसरी घेर्छ भन्ने कथा भन्छ । त्यस्तै नाटककले युद्धको परिणाम भोगिरहेका पात्रहरूको मनोदशामार्फत हिंसा, सत्ता संघर्ष, प्रतिशोध, नैतिक द्वन्द्व र मानवीय जिम्मेवारीका विषयलाई देखाएको छ ।

नाटकमा जिनलव दोङ वाइबा, आभूषण घिमिरे, मिलन पन्त, इन्द्र कुमार लिम्बू, जोहेब शाह, सुजित मल्ल ठकुरी, सामता राई, विजय दोङ, सौगन श्रेष्ठ, राजु श्रेष्ठ, नित्य पौडेल, विश्वजीत ढकाललगायत कलाकारको अभिनय रहेको छ।
त्यस्तै, नाटकको संगीतमा सौरभ चालिसे, सलिना बिक, जीवन राई र कुमार लामा रहेका छन् ।
नाटक आगामी भदौ १४ गतेसम्म प्रदर्शन हुनेछ ।
फोटो: चन्द्र बहादुर आले

प्रतिक्रिया 4