+
+
Shares

पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध

उत्तर-दक्षिण कोशी राजमार्गअन्तरर्गत सङ्खुवासभाको खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षाका कारण पहिरो खस्दा सङ्खुवासभाको खाँदबारी-किमाथाङ्का सडकखण्ड पुनः अवरुद्ध भएको छ ।
  • मकालु गाउँपालिका-४ स्थित नेता भिरमा सडक भासिएपछि सदरमुकाम खाँदबारी र भोटखोलाबीचको यातायात सम्पर्क विच्छेद भएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी पहल भइरहेको बताएका छन् ।

२५ साउन, संखुवासभा । उत्तर-दक्षिण कोशी राजमार्गअन्तरर्गत सङ्खुवासभाको खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको छ । मकालु गाउँपालिका–४ स्थित नेता भिरमा पहिरो खसेर खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको हो ।

गएराति अविरल बर्षासँगै आएको पहिरोले सडक भासिँएर उत्तर दक्षिण कोशी राजमार्ग अन्तरर्गत खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले बताए।

माथिबाट ढुङ्गा माटोसहितको पहिरो खसेर सडक भासिएको छ। आइतबार बिहान खसेको पहिरो हटाएर एकतर्फी सडक खुले पनि खाँदबारी-किमाथाङ्का पुनः सोमबार बिहानदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोटखोला जाने तथा खाँदबारी आउने यातायातका साधन वारपार गर्न सकेको छैनन् । अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?