News Summary
Generated by OK AI. Editorially reviewed.- पहिरो पन्छाएपछि मध्यपहाडी लोकमार्ग अन्तर्गतको दिक्तेल–चखेवा सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
- सडक डिभिजन हर्कपुरका सुपरभाइजर रेवत राईले सिंगल ट्र्याक खोलेर सवारी साधन वारपार गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
- वर्षाका कारण सो स्थानमा पुनः पहिरो खस्ने खतरा रहेकाले दुवै ट्र्याक खोल्न अझै एक दिन लाग्ने अनुमान गरिएको छ ।
१९ साउन, खोटाङ । पहिरो पन्छाइएपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–चखेवा सडक सञ्चालनमा ल्याइएको छ ।
साउन १८ गते दिउँसो ४ बजे मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खामा खसेको पहिरो पन्छाइएपछि सडक एकतर्फी खुलेको हो । पहिरो पन्छाएर सडकको सिंगल र्ट्याक खोलेर सवारी साधन वारपार गर्ने व्यवस्था मिलाइएको सडक डिभिजन हर्कपुरका सुपरभाइजर रेवत राईले बताए ।
सडकमा पहिरो खसेपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौं आउजाउ गर्ने यात्रु तथा मालवाहक सवारी साधन माम्खामा रोकिएका थिए । यस्तै, जिप तथा स्कुलको बस पनि घण्टौं रोकिएको थियो । सडकको पिच भागको आधा भागको पहिरो हटाएर सबै गाडीलाई पार गराइएको सुपरभाइजर राईले बताए ।
पहिरो पन्छाउनका लागि सडक डिभिजन हर्कपुर र पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय, सित्खा, रामेछापको एक–एक वटा जेसीभी प्रयोग गरेर सडकको दुबै ट्र्याक खोल्ने प्रयास भइरहेको छ ।
माम्खामा वर्षा भए पु:न पहिरो खस्ने खतरा छ । सडकको दुबै र्ट्याक खोल्न अझै एक दिन लाग्ने अनुमान गरिएको छ । पुन: खस्ने पहिरोले कुनातिरको र्ट्याक पुरे पनि छेउतिरको र्ट्याकबाट सवारी साधन हिँड्न मिल्ने बनाउनका लागि दुबै र्ट्याक खोल्ने प्रयास भइरहेको राईले बताए ।
सो स्थानमा गत साउन ३ गते राती ठूलो पहिरो खसेको थियो । सो पहिरो पन्छाउन पाँच दिन लागेको थियो । त्यसयता बेलाबेलामा सडकमा हिलो माटो खस्ने र पन्छाउने गरिएको छ ।
प्रतिक्रिया 4