+
+
Shares

पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाही, १५ लडाकु मारिए

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेका विभिन्न गुप्तचरमा आधारित कारबाहीमा १५ जना लडाकु मारिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १४:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा बलको कारबाहीमा १५ जना लडाकू मारिएका छन्।
  • पाकिस्तानी सेनाका अनुसार उक्त कारबाही मास्तुङ, बोलान, वाशुक, अवारान, सिबी, खुजदार, हरनाई र नुश्की जिल्लामा सञ्चालन गरिएको थियो।
  • सेनाले लडाकूको साथबाट ठूलो परिमाणमा हतियार तथा गोलाबारुद बरामद गरेको छ।

२५ साउन, इस्लामाबाद (रासस/सिन्ह्वा) । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेका विभिन्न गुप्तचरमा आधारित कारबाहीमा १५ जना लडाकु मारिएका छन् ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपीआर)का अनुसार प्रान्तका मास्तुङ, बोलान, वाशुक, अवारान, सिबी, खुजदार, हरनाई र नुश्की जिल्लामा ती कारबाही सञ्चालन गरिएको हो ।

कारबाहीका क्रममा १५ जना लडाकू मारिनुका साथै उनीहरूको साथबाट ठूलो परिमाणमा हतियार तथा गोलाबारुद बरामद गरिएको आइएसपीआरले जनाएको छ ।

सुरक्षा कारबाहीबाट लडाकूहरूको सञ्जालमा ठूलो क्षति पुगेको तथा उनीहरूको गतिविधि र आवतजावतमा अवरोध सिर्जना भएको सेनाले जनाएको छ । पाकिस्तानी सुरक्षा बलले आतङ्कवाद पूर्ण रूपमा उन्मूलन नभएसम्म लडाकूविरुद्धका कारबाही निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?