+
+
Shares

४४ दिनपछि छुटे अभिषेक गिरी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १८:३१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विवादास्पद छविका अभिषेक गिरी कैदीबन्दीको भत्ता दुरुपयोग र ठगीको आरोपमा पक्राउ परेको ४४ दिनपछि हाजिरी जमानीमा रिहा भएका छन् ।
  • रंगेलीका दिलिपकुमार चौधरीसँग पेट्रोल पम्प सम्बन्धी विवादमा मिलापत्र भएपछि मोरङ प्रहरीले गिरीलाई रिहा गरेको जानकारी डीएसपी मकेन्द्रकुमार मिश्रले दिएका छन् ।
  • यसअघि निर्माण व्यवसायी सुभाष श्रेष्ठको जाहेरीमा २१ करोड ३२ लाख रुपैयाँ ठगी मुद्दामा काठमाडौं अदालतले गिरीलाई पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

२५ साउन, विराटनगर । विवादास्पद छविका अभिषेक गिरी पक्राउ परेको ४४ दिनपछि हाजिरी जमानीमा छुटेका छन् । कैदीबन्दीको भत्ता दुरुपयोग आरोपमा १३ असारमा पक्राउ परेका उनीविरुद्ध मोरङ र काठमाडौंमा ठगीका थप दुई मुद्दा परेको थियो । ठगीका दुईवटै मुद्दामा मिलापत्र गरेर सोमबार साँझ छुटेका हुन् ।

ठगीको जाहेरी दिएका रंगेली नगरपालिका–१ का ४७ वर्षीय दिलिपकुमार चौधरीसँगको मिलापत्रपछि उनी सोमबार साझ छुटेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार सरकारी वकिलको कार्यालयमा दुई पक्षबीचको मिलापत्रपछि गिरीलाई हाजिरी जमानीमा छाडिएको हो । उनलाई बाहिरै राखेर सरकारी वकिलको कार्यालयले अभियोजनको प्रक्रिया अघि बढाउनेछ ।

जालझेल गरी पेट्रोल पम्प हडपेको आरोपमा चौधरीले गिरीविरुद्ध जाहेरी दिएका थिए । उजुरीका आधारमा बिहीबार काठमाडौंमा पक्राउ गरी प्रहरीले विराटनगर ल्याएको थियो । त्यसपछि प्रहरीले उनलाई आपराधिक विश्वासघात तथा ठगीसम्बन्धी कसुरमा चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो । सोमबार म्याद थप गर्ने तयारी थियो, तर मिलापत्र गरेपछि म्याद थप भएन् ।

मोरङ कारागारका कैदीबन्दीले लत्ताकपडाबापत लत्ताकपडाबापत पाएको सरकारी भत्ता गिरीले जबरजस्ती लगेको भन्दै प्रहरीले १३ असारमा उनाई विराटनगर महानगरपालिका–८ स्थित घरबाटै प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धान जारी रहेका बेला मोरङ अदालतको आदेशबाट हाजिरजमानीमा छुटेका उनलाई २३ असारमा सीआईबीले पक्राउ गरेर काठमाडौं पुर्‍याएको थियो ।

निर्माण व्यवसायी सुभाष श्रेष्ठले आफूलाई ठगी गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा जाहेरी दिएको थिए । सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ बराबरको ठगी गरेको दाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

जिल्ला अदालतले ५ लाख धरौटीमा छाड्ने आदेश दिएपछि गिरी बिहीबार श्रेष्ठसँग मिलापत्र गरी छुटेका थिए । लगतै पक्राउ गरी मोरङ ल्याइएका उनी ४४ दिनपछि हिरासत मुक्त भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?