News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जाको गल्याङस्थित आँधीखोलामा पौडी खेल्ने क्रममा आइतबार बेपत्ता भएका २५ वर्षीय बलदेव बस्नेतको शव सोमबार फेला परेको छ ।
- सल्यान घर भई गल्याङमा पुल निर्माणको काम गर्दै आएका बस्नेतको शव घटनास्थल नजिकै फेला परेको प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
- घटनाको जानकारी पाउनासाथ प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजी कार्य सुरु गरेको थियो भने अहिले थप अनुसन्धान भइरहेको छ ।
२५ साउन, स्याङ्जा । स्याङ्जाको गल्याङस्थित आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।
स्याङ्जा प्रहरीका अनुसार सल्यानको सिद्ध कुमाख गाउँपालिका–१ घर भई हाल गल्याङ नगरपालिका–११ मुडकिल्लामा बस्दै आएका २५ वर्षीय बलदेव बस्नेतको शव सोमबार फेला परेको हो ।
बस्नेत गल्याङ नगरपालिका–७ स्थित आँधीखोलामा आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । उनी सोही क्षेत्रमा पुल निर्माणको काम गर्दै आएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएपछि प्रहरी चौकी गल्याङ र सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर हेडक्वार्टर गुल्म वालिङबाट खटिएको टोलीले खोजी सुरु गरेको थियो ।
खोजतलासका क्रममा बेपत्ता भएको स्थाननजिकै सोमबार दिउँसो उनको शव फेला परेको स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4