+
+
Shares

संसद् पुग्यो बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते ११:२९

२६ साउन, काठमाडौं । बालबालिका सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८३ प्रतिनिधिसभामा पुगेको छ ।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीमन्त्रीले यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेकी हुन् ।

नेपालको संविधानले बालबालिकाको सर्वोत्तम हित कायम गर्ने गरी राज्यका नीतिहरूलाई निर्देशित गरेको छ ।

बालबालिकाका लागि संविधान प्रदत्त मौलिक हकको प्रचलन, संरक्षण र प्रवर्धन गर्नका लागि बालबालिका सम्बन्धी ऐनका कतिपय प्रावधानहरूमा समसामयिक रूपमा परिमार्जन गर्न आवश्यक रहेको भन्दै विधेयक लगिएको मन्त्रालयले जनाएको छ ।

बालबालिका सम्बन्धी ऐनमा रहेका मुलत: बालन्याय प्रणालीमा बालवालिकाको सर्वोत्तम हित कायम गर्ने यसको उदेश्य छ ।

कानुनको विवादमा रहेका बालबालिकाको बाल संरक्षण प्रणालीलाई सुदृढ एवं संस्थागत गर्दै बाल अधिकारका सबै पक्षलाई सन्तुलन कायम गर्न आवश्यक परेकोले बालवालिका सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न लागिएको मन्त्री बादीले विधेयकमै लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?