+
+
Shares

पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १२:०९

२६ साउन,काठमाडौं । पर्सामा १०५ किलो  (प्लाष्टिकबाहेक)गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा सोमबार राति खटिएको प्रहरी टोलीले भारतको जिल्ला बेतीया ग्राम उजहरु परजिलवा भांगाहका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वा र ठोरीबाट खटिएको संयुक्त टोलीले पटेर्वा गाउँपालिका-३ सोनवर्षाबाट उनलाई नियन्त्रणमा लिएको हो ।

शंकाष्पद रुपमा बोरा बोकेर हिँडिरहेका बेला नियन्त्रणमा लिएर चेकजाँच गर्दा चौधरीले बोकेको बोरामा गाँजा भेटिएको हो ।

पर्सामा सोमबार साँझ नै स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित एक जना भारतीय र तीन जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?