News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका कञ्चनपुरका पुष्पेश भाटविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ६ दिनको म्याद थप भएको छ ।
- वृत्त मालिगाउँले पक्राउ परेका भाटमाथि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी दानबहादुर थापाले जानकारी दिए ।
- प्रहरीको सम्पर्कमा नआउने र म्यासेजमार्फत धम्की दिने कार्य गरेपछि भाटलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
२६ साउन, काठमाडौं । गत शनिबार पक्राउ परेका कञ्चनपुरका पुष्पेश भाटविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाका अनुसार भाटविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ६ दिनको म्याद थप भएको छ ।
‘शनिबार र आइतबार सार्वजनिक बिदा भएका हिजो सोमबार ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएका छौं,’ परिसरका एसपी थापाले अनलाइनखबरसँग भने ।
उनका अनुसार भाटले प्रहरीमाथि नै अभद्र व्यवहार गरेका हुन् । अभद्र व्यहार गरेको कसुरमा प्रहरीले बोलाउँदा कार्यालय नआउने र उल्टै म्यासेजमार्फत धम्की दिने काम गरेपछि वृत्त मालिगाउँले उनलाई पक्राउ गरेको एसपी थापाले बताए ।
उनका अनुसार प्रहरीले पक्राउबारे परिवारलाई खबर गर्न खोज्दा भाटले तत्कालै नमानेको र पछि प्रहरीले रिक्वेस्ट गरेपछि बल्ल परिवारलाई खबर गर्न सम्भव भएको उनले बताए ।
प्रतिक्रिया 4