+
+
Shares

संसद्‌मा आशिकाको कविता– हिमाल फेदी मुन्तिर कहिले बन्छ ग्यास भर्ने पँधेरो ?

प्रतिनिधिसभा बैठकको शून्य समयमा कवितामार्फत सांसद आशिका तामाङले ग्यास अभावबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १४:४५

२६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद आशिका तामाङले ग्यास अभावको विषयलाई लिएर प्रतिनिधिसभामा कविता सुनाएकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा कवितामार्फत उनले ग्यास अभावबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

यस्तो छ आशिका तामाङको कविता

ग्यास, ग्यास, ग्यास

भएन भने रोकिन्छ खाने गाँस

हातमा छ क्यास

तर, बजारमा छैन ग्यास

पहुँच हुनेवालाहरूले लान्छन्

छानीछानी भरि सिलिन्डर तीन वटासम्म ग्यास

अनि हुँदैन त छिमेकीको घरमा

हाहाकार, भोक र प्यास !

सरकार भन्छ– पुग्नेछ ग्यास

जनताहरू रात–दिन सडकमा छ

बोकी सिलिन्डर बोकी उठीबास

थानकोटको मान्छे

खाली सिलिन्डर बोकी पुग्नुपर्छ बालाजु र टेकु

यीनका मनको पीडा म कहाँ गइ पोखुँ

लाग्दछ, मलाई रमाइलो

मेरै पाखा पखेरो

हिमाल फेदी मुन्तिर

कहिले बन्छ ग्यास भर्ने पँधेरो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?