+
+
Shares

साहित्यकार राजेन्द्र विमललाई पर्यटन मन्त्रीले निवासमै पुगेर दिए श्रद्धाञ्जली

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गणेश)ले गए राति निधन भएका वरिष्ठ सहित्यकार डा. राजेन्द्र विमललाई घरमै पुगेर श्रद्धाञ्जली दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १४:५४

२६ साउन, जनकपुरधाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गणेश)ले गए राति निधन भएका वरिष्ठ सहित्यकार डा. राजेन्द्र विमललाई घरमै पुगेर श्रद्धाञ्जली दिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका १० देवीचोकस्थित निवासमा पुगेर बिमलको पार्थिव शीरमा मल्यार्पण गरी उनले श्रद्धाञ्जली दिएका हुन् ।उनीसँगै धनुषा क्षेत्र नं. ३ का निर्वाचित रास्वपाका सांसद मनिष झाले पनि श्रद्धाञ्जली दिएका हुन् ।

वरिष्ठ साहित्यकार बिमलको गएराति ७९ वर्षको उमेरमा निधन भएको थियो । उनको आजै राजकीय सम्मानको साथ जनकपुरको स्वर्गद्वारी स्मसानघाटमा अन्त्येष्टि गरिने तयारी छ।

विमल नेपाली, मैथिली, अंग्रेजी भाषामा थुप्रै साहित्यिक विद्यामा कलम चलाएका छन् । भाषा विज्ञानमा विद्यावारिधि गरेका उनले नेपाली, मैथिली र हिन्दी विषयमा स्नाकोत्तर गरेका थिए । उनी २०२९ सालदेखि नै त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा अध्यापनमा जोडिएका थिए । उनले जगदम्बा श्री पुरस्कार, मधुपर्कलगायत थुप्रै सम्मानबाट विभुषित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?