News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका सांसद क्षितिज थेबेले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा एक्लै लडिरहेको भनी गरिएको टिप्पणीप्रति प्रश्न उठाउँदै आफ्नो व्यवहार सच्याउन आग्रह गरेका छन् ।
- सांसद थेबेले प्रधानमन्त्रीले भारतले नेपालको सीमा मिचेको छैन भनी संसद्मा दिएको अभिव्यक्ति सच्याई जनतासँग माफी माग्नुपर्ने पहिलो सर्त अघि सारेका छन् ।
- उनले सरकारी सेवा प्रवाहमा देखिएको ढिलासुस्ती, बढ्दो महँगी, राजनीतिक नियुक्तिमा भएको पक्षपात र सुकुमवासीमाथिको व्यवहारलाई आधार मान्दै प्रधानमन्त्रीलाई साथ दिन नसकिने जिकिर गरेका छन् ।
२६ साउन, काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले प्रधानमन्त्री बालेन शाहलाई एक्लै कोसँग लडिरहेको हो थाहा दिन आग्रह गरेका छन् ।
‘प्रधानमन्त्रीज्यूको सामाजिक सञ्जाल फेसबुक स्टाटस पढेको थिएँ । नेपाली जनताले प्रचण्ड बहुमत दिएर बनेको मन्त्रिपरिषद् र उहाँको सिंगो सचिवालयमा पनि उहाँ एक्लो हुनु भएको पाएँ,’ उनी भन्छन्, ‘प्रधानमन्त्रीज्यू कोसँग एक्लो लडिरहनु भएको छ त्यो त उहाँलाई नै थाहा होला ।’
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले सबैको साथ पाउने गरी काम गर्न आग्रह गरे ।
प्रधानमन्त्रीको एक्लोपनलाई साथ दिन तयार रहेको तर त्यसअनुसार व्यवहार हुनुपर्ने भन्दै उनले आफ्नौ व्यवहार नियाल्न सुझाव दिए ।
प्रधानमन्त्री नियुक्ति भएको पहिलो निर्णयबाट नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधकै आधारमा गैरकानुनी नियन्त्रण लिएको बिर्सिएर र त्यो भन्दा माथि उठेर पनि प्रधानमन्त्रीको एक्लोपनको साथ दिन तयार रहेको उनले बताए ।
‘मेरो साथ केवल व्यक्तिका लागि छैन । देश र जनताको हो । यसमा निहित केही सर्तहरू छन्,’ उनले भने ।
सर्तहरूको सुरुवातमै उनले प्रधानमन्त्री बालेनले नेपालले भारतको सिमाना कुनै पनि समयमा कहिल्यै पनि मिचेको छैन भने प्रष्टीकरण दिनुपर्ने विषय राखे ।
प्रधानमन्त्रीले नेपालले पनि भारतमो सीम मिचेको छ भनेर संसद्मै बोल्दा राष्ट्रिय अस्मितामा चोट लागेको भन्दै उनले थपे, ‘प्रधानमन्त्रीज्यूले न आजसम्म यो कुरा सच्याउनु भयो न त आजसम्म जनतासँग माफी माग्नु भएको छ ।’
आफ्नो बोली प्रधानमन्त्रीले नसच्याएको भन्दै उनले थपे, ‘अब म कसरी साथ दिउँ प्रधानमन्त्रीज्यू ?’
आफूहरूको साथ लिन प्रधानमन्त्रीले पालना गर्नुपर्ने दोस्रो सर्तमा सांसद थेबेले सार्वजनिक सेवा प्रवाहको विषय राखे ।
‘नो लाइन ओन्ली अन लाइन यो तपाईंहरूको वाचा पत्र हो । लाइसेन्स र पासपोर्ट घर घरमा पुर्याउँछौं भनेको तपाईंहरूको वाचा पत्र खै ? अघिल्लो सरकारले १२ लाख प्रिन्ट गरेर राखिदिएको लाइसेन्ससम्म बाँड्न सक्नु भएन,’ उनले भने ।
नव युवाहरू बिहान ३/४ बजेदेखि पासपोर्टको लाइनमा लागेको देख्दा, खाना पकाउने ग्यासमा नेपाली जनताहरू दर्जनौं किलोमिटर लाइन लागेको देख्दा दु:ख लागेको भन्दै उनले थपे, ‘के मनले भनौ र प्रधानमन्त्रीज्यू तपाईंलाई कसरी साथ दिउँ ?’
लाखौं नेपाली युवाहरू विदेशमा रहेको र उनीहरूको जवानी श्रम र पसिना त्यही बितेको उल्लेख गर्दै उनले खाडीमा चरम गर्मीले हरेक दिन पसिनाले नुहाएर पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र चलेको बताए ।
गत वर्ष मात्रै करिब २१ खर्ब रेमिट्यान्स नेपालमा भित्रिएको उनले सुनाए ।
रेमिट्यान्सको १ वर्षको १ प्रतिशत मात्र नेपाली युवाहरूको गुणस्तरीय जीवनका लागि लगानी गर्ने हो भने मात्रै २१ अर्ब हुने भन्दै उनले थपे, ‘यति पनि श्रमिकको रूपमा गर्न सकिएन भने कुन आँखाले मैले साथ दिउँ प्रधानमन्त्रीज्यू ?’
उनका अनुसार नेपालको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चलेको छैन । यसलाई डेडिकेटेड श्रमिक अन्तर्राष्ट्रिय विमानस्थल बनाउन उनको माग छ ।
सरकारले सरकारी विज्ञापन निजी मिडियामा रोक्न खोजेको र सरकारले सरकारका निर्णय पनि फेसबुकमा राखेर व्यक्तिगत रूपमा लाखौं कमाउने काम गरेको भनेर प्रश्न उठाए ।
‘राज्यको सूचनालाई व्यक्तिको आम्दानीको आधार बनाएर माध्यम बनाउने यस्तो प्रविधि र यो दोहोरो मापदण्डलाई कसरी साथ दिउँ प्रधानमन्त्रीज्यू,’ थेबेले भने ।
प्रधानमन्त्री बालेनले एक्सप्रेस हो रोकिदैन भनेको स्मरण गर्दै उनले एक्सप्रेस गतिमै महँगी बढिराखेको ख्याल गर्न सुझाए ।
‘गत वर्षको तुलनामा यो वर्ष दोब्बर महँगी र मूल्य वृद्धि बढिसकेको छ न त सरकारको कुनै राहत प्याकेज छ अझ करमा कर थपेर न बिजुली बाल्न सकिन्छ न शिक्षा न स्वास्थ्य न राइड सेयरिङ जनता मारमा छ महँगीले डाँड सेकेको छ,’ उनले भने ।
मूल्य वृद्धिले जनतालाई आघात पारेको र ती जनताको सेवकको नाताले आफू कसरी प्रधानमन्त्रीलाई साथ दिन सक्छु भनेर लागिरहेको बताए ।
‘सरकार डिजिटल नेपाल आइटी एआई र डेटा सेन्टरको ठुलो कुरो गर्छ तर नेपालमा भएको दुई मात्र ठूला टेलिकम नेपाल टेलिकम र एनसेलको एउटा सामान्य नेटवर्क पनि प्रभावकारी सञ्चालन र व्यवस्थापन गर्न सकेको छैन,’ उनले भने, ‘यही सदनमा डेटा चलाइयो भने चलाउन नसकिने अवस्था छ । यस्तो एउटा सामान्य नेटवर्क सम्म व्यवस्थापन गर्न नसक्ने सरकारले एआई र डिजिटल नेपालको प्ल्याटफर्म बनाउछ फ्रेमवर्क बनाउछ भनेर कसरी विश्वास गर्न सकौँ ? कुन मनले साथ दिउँ प्रधानमन्त्रीज्यू ?’
अर्कोतर्फ मेरिटोक्रेसीको भजन गाएर सरकारले झण्डै १ हजार ६०० राजनीतिक नियुक्ति खारेज गरेको भन्दै उनले थपे, ‘रास्वपालाई घण्टीलाई भोट हालेकोलाई थप १ अंक आफन्तलाई १०० अंक भनेर हाकाहाकी भन्ने ?’
उनी थप्छन्, ‘यो ब्लु मेरिटोक्रेसीलाई कसरी साथ दिउँ प्रमज्यू ?’
विश्वकप फुटबल चलिरहेका बेला नेपालमा खेलकुद मन्त्रालय राखेप र एनफाको गजबको खेल चलेको र विश्वकपले सारा फुटबल जगतमा उत्साह छाडेर जाँदा नेपालमा सरकारको गैरजिम्मेवारीपनले फिफाले एनफालाई निलम्बनको निराशा छाडेर गएको बताए ।
उनी थप्छन्, ‘खेलाडी जति सबै विदेशमा पलायन हुने बाँकी रहेको खेलाडीहरूले पनि साफ च्याम्पियनसिपमा नेपालले अहिलेसम्मको इतिहासमा सहभागी हुन पाएन । यो नयाँ नया इतिहास रचेको सरकारलाई म खेलाडीको हैसियतले कुन मनबाट कुन आँखाबाट साथ समर्थन गरौँ प्रमज्यू ?’
मेयर हुँदा बालेनले सुकुमवासी बस्ती हटाउन असमर्थ रहेको रहेको र त्यसबेला रोपेको इगोको बिउ प्रधानमन्त्री भएपछि शान्त पार्न राज्य संयन्त्र सम्पूर्ण लगाइएको भन्दै उनले थपे, ‘जनताको बासको संविधान प्रदत्त अधिकारलाई समेत खिल्ली उडाउँदै रातारात आफ्नै नागरिकमाथि शरणार्थी जस्तै व्यवहार गरेर अकालमा ज्यान गुमाउन पुगेका ती सुकुमवासी दाजुभाइ दिदीबहिनी र तिनका सन्ततिको आँखामा छलछल्किएको आँसुलाई सम्झँदा कसरी साथ दिउँ प्रधानमन्त्रीज्यू ?’
यी विवरण राख्दै उनले प्रधानमन्त्रीले कहिलेकाहि एक्लै लड्नु पर्छ भनेर फेसबुकमा लेखेको विषय फेरि सम्झिए । यो फोरमबाट अलिकति पनि सोध्न चाहन्न प्रधानमन्त्रीज्यूलाई, ‘अकाट्य मानिएको १८२ कहाँ पुग्यो ?’
प्रतिक्रिया 4