+
+
Shares

बजेटले युवाहरूमा उत्साह जगाउन सकेन : क्षितिज थेबे

नेकपा एमालेका सांसद छितिज थेबेले आगामी आर्थिक बर्षको लागि संसद्‌मा प्रस्तुत बजेटले युवाहरूमा उत्साह जगाउन नसकेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १५:३१

१ असार, काठमाडौं । नेकपा एमालेका सांसद छितिज थेबेले आगामी आर्थिक बर्षको लागि संसद्मा प्रस्तुत बजेटले युवाहरूमा उत्साह जगाउन नसकेको बताएका छन् । सोमबार प्रतिनिधिसभामा बजेटको मन्त्रालयगत शिर्षकमाथिको छलफलमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘समग्रमा बजेटको आकार ठूलो छ । शब्द चयनहरू आर्कषक छ । प्रस्तुती प्रभावशाली छ’ उनले भने, ‘ऐतिहासिक अवसर प्राप्त यो सरकारप्रति असाध्यै ठूलो आशा थियो । म एक युवा सांसद भएको नाताले म भित्र अत्यन्तै उत्साह थियो । जब बजेट वक्तव्य पढेँ, सुनेँ त्यसपछाडि त्यो उत्साह रहन सकेन ।’

आफूले लामो समय युवा आन्दोलनलाई नेतृत्व गरेर आएको स्मरण गर्दै उनले युवा मन्त्रालयसाग सम्बन्धित रहेर नै आफ्ना धारणा राखे । चुनावका बेला आफूलाई युवाले गरेको प्रश्न सम्झिए, ‘तपाईंको पार्टीले कति युवालाई रोजगारी दिन्छ ?’

यस्तै प्रश्न रास्वपाले पनि सामना गरेको स्मरण गरे र रोजगारी सिर्जन गर्ने वाचा सबैले गरेको बताए । जब बजेट आयो तब युवाहरुले आश गरेको रोजगारीको अवसर प्राप्त गर्ने आश देख्न नसकेको उनलष्े बताए ।

उनले ताप्लेजुङमा अलैंची उतपादन हुने विषय उठाए । नेपालको कुल उत्पादनको ४४ प्रतिशत अलैंची ताप्लेजुङमै उत्पादन हुन्छ ।

यसको प्रवर्द्धन गर्नका लागि सरकारले अन्तर्राष्ट्रिय बजार समन्वय गरिदिनुपर्ने उनले बताए । न्यूनतम समर्थन मूल्य तोकिदिनुपर्ने आग्रह गरे । यति गर्न सके दसौं हजार युवालाई रोजगारी दिन सकिने उनले बताए ।

साथै सरकारले सरकारले जसरी भए नि गुजारा चलाउ भन्ने नीति लिएको बजेटमा देखिने पनि उनले बताए । संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हक रुपमा सुनिश्चित गरेको पनि स्मरण गरे ।

‘संविधानले प्रदत्त गरेको मौलिक हकमा त्यो नै आर्थिक बोझ लगाइयो’ उनले भने, ‘शिक्षामा अतिरिक्त समता शुल्कले बुद्धिमा बिर्को लाउने काम भएन र ?’ जसकारण ज्ञानको बन्द्याकरण भएन र ? हाम्रो विद्वान अर्थमन्त्री ज्यू जस्तै विद्वानहरु उत्पादन गर्न नपाउने भएकै हो त ?’

बजेटले अभिभावकलाई थप बोझ थपेको बताए । स्वास्थ्य क्षेत्रमा समता शुल्क लगाइनुले गम्भीर प्रश्न खडा गरेको बताए । ‘अब एउटा अबोध बालक जन्मिने बित्तिकै जन्म लिएको बापत अतिरिक्त स्वास्थ्य कर तिर्नु पर्ने र जीवनको अन्तिम यात्रामा समेत अन्त्येष्टि गर्न अघि मृत्यु सैयामा कर तिर्नु पर्ने अवस्था आएको छ’ उनले भने ।

खेलकुद क्षेत्रमा केही कार्यक्रम आएपनि आफ्नै मेहेनतले सिर्जित खेलाडीहरुको गुणस्तरीय जीवन सामाजिक सुरक्षा र खेल पछिको भविष्य सुनिश्चित गर्ने ठोस कार्यक्रम कुनै पनि नभेटिएको बताए ।

पर्यटमा पनि सरकारले आशा देखाउन नसकेको बताए । ताप्लेजुङको कञ्चनजंघा तोपके गोला ओलांगचुंगोला र गुन्सा क्षेत्रलाई समेटेर हाई अल्टिच्युड स्पोट्र्स करिडोर विकास गर्न सकिने योजना सुनाए । मनाङ, मुस्ताङ, डोल्पा, सोलुखुम्बु लगायत विभिन्न जिल्लाहरुमा असाधारण सम्भावना रहेको भनेर सरकारको ध्यानाकर्षण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?