+
+
Shares

करदाता प्रोत्साहन उपहार कार्यक्रमका १४ विजेताको नाम सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आन्तरिक राजस्व विभागमार्फत सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताहरूको नाम सार्वजनिक गरेको छ।
  • १० लाख रुपैयाँको बम्पर पुरस्कार हेमराज जोशीले जितेका छन् भने १५ जनाले जनही १ लाख रुपैयाँको उपभोक्ता पुरस्कार पाएका छन्।
  • अनलाइन वा भौतिक माध्यमबाट खरिद गर्दा भ्याट वा प्यान बिल लिएका उपभोक्ता मात्र यो प्रोत्साहन कार्यक्रममा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

२६ साउन, काठमाडौं । सरकारले २२ साउनमा खोलेको करदाता प्रोत्साहन उपहार कार्यक्रमका १४ विजेताको नाम सार्वजनिक गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार १ साउनदेखि १५ साउनसम्मका विजेतामध्ये १० लाख रुपैयाँको बम्पर विजेता हेमराज जोशी हुन् ।

१/१ लाख रुपैयाँको उपभोक्ता पुरस्कार १५ जनाले जितेका थिए । उनीहरू अनिषा खनाल, अमित राई, नरेन्द्र बहादुर बिके, हिमाल अर्याल, राज कुमार लामिछाने, अर्जुन कुमार न्यौपाने, सपना न्यौपाने खनाल, संजय श्रेष्ठ, मनोज सिंह, किरण सुनुवार (बिके), प्रविण कँडेल, एकता शर्मा श्रेष्ठ र साहारा गुरुङ छन् ।

विजेता उपभोक्ताहरूमध्ये दुई कुपनका विषयमा थप छानबिन गरी निर्क्यौल गर्नुपर्ने भएकाले यो सूचीमा समावेश नगरिएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

सरकारले घोषणा गरेको करदाता प्रोत्साहन कार्यक्रम यही साउन १ गतेबाट कार्यान्वयनमा आएको छ । अनलाइन माध्यमबाट वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता यो उपहार कार्यक्रममा स्वतः सहभागी हुने प्रणाली विकास गरिएको छ । तर, वस्तु तथा सेवा खरिद गरेपछि भ्याट तथा प्यान बिल भने अनिवार्य रूपमा लिनुपर्ने हुन्छ ।

यसैगरी, नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने सक्कल भ्याट तथा प्यान बिल लिएपछि त्यसलाई आन्तरिक राजस्व विभागको उपहार पोर्टलमा गएर दर्ता गराउनुपर्छ । सरकारले हरेक दिन एक जनालाई करकट्टी गरी १ लाख रुपैयाँ र प्रत्येक १५–१५ दिनमा २ जनालाई १०–१० लाख रुपैयाँ नगद प्रोत्साहन रकम उपलब्ध गराउनेछ ।

उपहार हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन घोषणा हुनेछ । एक लाख रुपैयाँको कुल उपहार रकम एक लाख ३३ हजार ३३४ मा २५ प्रतिशत करकट्टी गरेर विजेताले एक लाख नगद पाउने छन् भने १० लाख रुपैयाँको उपहारमा भने २५ प्रतिशत कर लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?