+
+
Shares

चारित्रिक विवादमा परेका भुटानका गृहमन्त्री छिरिङले दिए राजीनामा

एक महिलाले गृहमन्त्री छिरिङविरुद्ध उजुरी दिँदै वैवाहिक अवस्थाबारे आफूलाई गलत जानकारी दिइएको तथा व्यक्तिगत सम्बन्धका क्रममा व्यावसायिक सुविधा र स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठाएकी थिइन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १८:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भुटानका गृहमन्त्री ल्योन्पो छिरिङले चारित्रिक आचरणसम्बन्धी विवादमा परेपछि मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।
  • एक महिलाले उनीविरुद्ध वैवाहिक अवस्था लुकाएको तथा व्यक्तिगत सम्बन्धमा स्वार्थको द्वन्द्व भएको भन्दै उजुरी दिएकी थिइन् ।
  • नैतिक आधारमा पदत्याग गर्दै गृहमन्त्री छिरिङले सुशासन र संस्थागत मर्यादा कायम राख्न आफू राजीनामा दिन बाध्य भएको उल्लेख गरेका छन् ।

२६ साउन,काठमाडौं । चारित्रिक आचरणसम्बन्धी विवादमा परेका भुटानका गृहमन्त्री ल्योन्पो छिरिङले मंगलबार पदबाट राजीनामा दिएका छन्।

उनले विवादका कारण सरकार र देशको छविमा असर पर्न सक्ने भन्दै नैतिक आधारमा पद त्यागेको बताइएको छ।

एक महिलाले गृहमन्त्री छिरिङविरुद्ध उजुरी दिँदै वैवाहिक अवस्थाबारे आफूलाई गलत जानकारी दिइएको तथा व्यक्तिगत सम्बन्धका क्रममा व्यावसायिक सुविधा र स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठाएकी थिइन्।

उजुरीसँग निजी म्यासेज तथा तस्बिरहरू समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका थिए।

भुटानी प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गर्दै गृहमन्त्री छिरिङले जारी व्यक्तिगत विषयलाई लिएर उच्च नैतिक आधारमा स्वेच्छिक रूपमा राजीनामा दिएका हुन्। सुशासन, जनविश्वास र संस्थागत मर्यादाका उच्च मापदण्ड कायम राख्न आफू पदबाट अलग भएको उनले बताएका छन्।

गृहमन्त्रीको राजीनामासँगै सार्वजनिक पदमा रहेका व्यक्तिको व्यक्तिगत आचरण, सामाजिक सञ्जालमा फैलाइने आरोप तथा त्यस्ता विवादले राज्यको प्रतिष्ठामा पार्ने प्रभावबारे भुटानमा बहस सुरु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?