२६ साउन, काठमाडौं । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन भरतपुर महानगरपालिका–२८ जितपुरमा मर्निङवाकमा निस्किएका ६५ वर्षीय मंगले बोटेको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहान ५ बजे घरबाट मर्निङवाकमा निस्किएका बोटे बेपत्ता भएका थिए । उनको खोजतालस गर्ने क्रममा शव फेला परेको हो ।
बिहान ८ बजे बाघ देखिएको खबर प्राप्त भएपछि तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेको चितवन प्रहरीले जनाएको छ । त्यसपछि प्रहरी, नेपाली सेना, राष्ट्रिय निकुञ्जको प्रशासन टोली र स्थानीय जनप्रतिनिधिसहित हात्ती प्रयोग गरेर खोजी गर्दा दिउँसो ४:२० बजे राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वनमा बोटेको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उनको शवमा बाघले आक्रमण गरेको प्रमाण फेला परेको पनि प्रहरीको भनाइ छ ।
प्रतिक्रिया 4