+
+
Shares

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

 एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालले लुम्बिनीको सरकार निर्माणका लागि नेकपा मसालसँग दुई बुँदे सहमति गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालले लुम्बिनी प्रदेश सरकार गठनका लागि नेकपा मसालसँग दुई बुँदे सहमति गरेका छन् ।
  • सहमतिमा लुम्बिनी प्रदेश सरकार गठन र विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख छ ।
  • दलहरूले राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको रक्षाका साथै प्रतिगमनका विरुद्ध सहकार्य गर्ने निर्णय गरेका छन् ।

२७ साउन, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालले लुम्बिनीको सरकार निर्माणका लागि नेकपा मसालसँग दुई बुँदे सहमति गरेका छन् ।

मसालका महामन्त्री मोहनविक्रम सिंहसँगको सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख छ । राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य गर्ने पनि सहमति छ ।

लुम्बिनीमा मसालका एक जना सांसद छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?