+
+
Shares

पहिरोको जोखिममा ७ घर

बैतडीको सुर्नया गाउँपालिका–८ रातापानी टोलमा ७ घर पहिरोको उच्च जोखिममा परेका छन्। मंगलबार साँझ करिब ७ बजे सुख्खा पहिरो खसेपछि बस्तीमा जोखिम बढेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीमा गएको सुख्खा पहिरोले सात परिवारका घर उच्च जोखिममा परेका छन्।
  • पहिरोका कारण करिब ३० रोपनी खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै विद्युत र खानेपानी सेवा समेत अवरुद्ध भएको छ।
  • वडाध्यक्ष भानबहादुर बोहराले जोखिममा रहेका स्थानीयलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने र बस्तीको दीर्घकालीन स्थानान्तरण आवश्यक रहेको बताएका छन्।

२७ साउन, बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ रातापानी टोलमा ७ घर पहिरोको उच्च जोखिममा परेका छन्। मंगलबार साँझ करिब ७ बजे सुख्खा पहिरो खसेपछि बस्तीमा जोखिम बढेको हो। स्थानीय मिना बोहरा, चक्र बोहरा, गम्भीर बोहरा, रामसिंह बोहरा, धनुवा बोहरा, उदय बोहरा र कृष्ण बोहराको घर अहिले पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष भानबहादुर बोहराले जानकारी दिए ।

पहिरोका कारण करिब ३० रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको स्थानीय रामसिंह बोहराले जानकारी दिए। उनका अनुसार पहिरो निरन्तर खसिरहेकाले स्थानीय त्रसित बनेका छन्। उनले पहिरोका कारण विद्युत र खानेपानी सेवा समेत अवरुद्ध भएको बताए।

“पहिरो निरन्तर गइरहेको छ। हिजो साँझको पहिरोले विद्युत र खानेपानी सेवा पनि अवरुद्ध बनेको छ,” उनले भने, “पहिरोले विस्थापित हुने अवस्थामा पुगेका छौँ।”
रातापानीमा २०७७ सालदेखि पहिरो खस्दै आएको छ। पहिरोको जोखिमका कारण यसअघि नै एक परिवार विस्थापित भइसकेको स्थानीयले बताएका छन्।

ठाउँठाउँमा जमिन चर्किएकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम कायमै रहेको छ। सुर्नया गाउँपालिका–८ का वडाध्यक्ष भानबहादुर बोहराले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था देखिएको बताए ।

उनका अनुसार हरेक वर्ष वर्षायाममा पहिरो खस्ने गरेकाले दीर्घकालीन रूपमा बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको छ।

“हरेक वर्ष वर्षायाममा पहिरो खस्ने गरेको छ। अहिले पनि बस्ती जोखिममा छ। स्थानीयलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था देखिएको छ,” वडाध्यक्ष बोहराले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?