+
+
Shares

काेशीमा कांग्रेसका मन्त्रीले बुझाए राजीनामा

बुधबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएकाे कांग्रेस नेता तथा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सत्ता समीकरणमा आएको परिवर्तनसँगै नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट औपचारिक रूपमा बाहिरिएको छ ।
  • कांग्रेसबाट सहभागी पाँच मन्त्रीले बुधबार राजीनामा दिएको पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जानकारी दिनुभयो ।
  • कांग्रेस बाहिरिएपछि अब नेकपा एमाले र नेकपाबीचको नयाँ समीकरणअनुसार प्रदेश सरकार गठनको प्रक्रिया सुरु भएको छ ।

२७ साउन, विराटनगर । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएकाे छ । सत्ता समीकरण फेरिएपछि बुधबार कांग्रेस प्रदेश सरकारबाट बाहिरिएकाे हाे ।

बुधबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएकाे कांग्रेस नेता तथा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जानकारी दिए ।

नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण बनेपछि कोशीका मन्त्रीलाई राजीनामा दिन दबाब थियाे ।

कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी थिए ।

कांग्रेस बाहिरिएपछि अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सरकारमा सहभागी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?