News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरीले सिरहाको औरही गाउँपालिका–४ बाट ४९ किलो ७६० ग्राम गाँजा बरामद गरेको छ।
- शुक्रबार बिहान भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
- प्रहरीलाई देखेपछि तस्करले मोटरसाइकल र गाँजा छाडेर फरार भएका छन्।
२९ साउन, सिरहा । सशस्त्र प्रहरीले सिरहाको औरही गाउँपालिका–४ खजनपुरबाट ४९ किलो ७६० ग्राम गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रबार बिहान करिब साढे ३ बजेको समयमा भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त गाँजा बरामद गरेको हो।
गस्ती टोलीलाई देखेपछि गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्ति भारतको बीआर-३१ एम ३०५७ नम्बरको मोटरसाइकल र दुई बोरा गाँजा छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4