News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला चार हजार ६ सय रुपैयाँले घटेर तीन लाख एक हजार ६ सय रुपैयाँ कायम भएको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तीन लाख ६ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेको हो ।
- चाँदीको मूल्य पनि प्रतितोला ९० रुपैयाँले घटेर आज चार हजार ६ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
२९ साउन, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ हजार ६ सय रुपैयाँ घटेको हो । हिजो बिहीबार पनि सुन तोलामा ५ सय रुपैयाँ घटेको थियो ।
आज सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो बिहीबार सुन तोलाको ३ लाख ६ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
शुक्रबार चाँदीको भाउ पनि घटेको छ । बिहीबारको तुलनामा चाँदी प्रतितोला ९० रुपैयाँ घटेको महासंघले जनाएको छ ।
बिहीबार प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा किनबेच भएको चाँदी शुक्रबार ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4