६ कात्तिक, सोलुखुम्बु । आमाडब्लम हिमाल आरोहण गरेर झर्ने क्रममा हिउँमा चिप्लिएर मंगलबार एक अमेरिकी नागरिकको मृत्यु भएको छ ।
मंगलबार बिहान पौने १० बजे सोलुखुम्बुको आमाडब्लम हिमालको दोस्रो क्याम्पबाट पहिलो क्याम्प झर्ने क्रममा हिउँमा चिप्लिँदा डोरी चुडिँएर रसियन मूलको अमेरिकन नागरिक ४२ वर्षका मुराड आस्वर्लीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।
आमाडब्लम हिमालको आधार शिविरमा भएका अन्य आरोहीहरुसँग रेडियो सेटमा सम्पर्क विच्छेद भएपछि खोज्न जाँदा दोस्रो र पहिलो क्याम्पको बीचमा उनी मृत अवस्थामा भेटिएको खड्कमाले बताए ।
पासपोर्ट नम्बर ४६२८२५८६० भएका मुराडको शवलाई हेलिकोप्टर मार्फत बुधबार काठमाडौं लैजाने खड्काले बताए ।
बुद्धवीर बाहिङबाट