+
+
Shares

प्रिमियर इन्टरनेसनल स्कुलमा ‘टेडएक्स सिजन २’ सम्पन्न

कार्यक्रममा प्रविधि, कला, खेलकुद, व्यवसाय र शिक्षासहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा विद्यार्थी वक्ताको सहभागिता थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १२:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलले 'ग्रेटनेस बिगिन्स हियर' नारासहित 'टेडएक्स प्रिमियर इन्टरनेसनल स्कुल सिजन २' सफलतासाथ आयोजना गरेको छ।
  • कार्यक्रममा प्रविधि, कला, खेलकुद र शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व तथा विद्यार्थी वक्ताहरूले आफ्ना विचार, अनुभव र दृष्टिकोण प्रस्तुत गरेका छन्।
  • विद्यार्थीहरूले सहानुभूति, सिकाइका चुनौती, विश्वव्यापी अवसर र महामारीको समयमा महसुस गरिएको एक्लोपनजस्ता गम्भीर विषयमा आफ्ना धारणा राखेका छन्।

२९ साउन, काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलले ‘ग्रेटनेस बिगिन्स हियर’ भन्ने मूल नारासहित ‘टेडएक्स प्रिमियर इन्टरनेसनल स्कुल सिजन २’ सफलतासाथ आयोजना गरेको छ ।

कार्यक्रममा प्रविधि, कला, खेलकुद, व्यवसाय र शिक्षासहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा विद्यार्थी वक्ताको सहभागिता थियो ।

नेपालमै पहिलो पटक टेडएक्स कार्यक्रम आयोजना गर्ने विद्यालयका रूपमा परिचित प्रिमियरले यसपालि पनि युवापुस्तालाई आफ्ना विचार, अनुभव र दृष्टिकोण प्रस्तुत गर्ने मञ्च प्रदान गरेको हो ।

कार्यक्रममा चार जना विद्यार्थी वक्ताले सहानुभूति, सिकाइ, विश्वव्यापी अवसर, एक्लोपन र मानवीय सम्बन्धजस्ता विषयमा आफ्ना विचार प्रस्तुत गरे ।

कक्षा ५ का अनुज केई घिमिरेले सहानुभूति र अरूलाई बुझ्ने क्षमता, कक्षा ७ का सुवानवीर श्रेष्ठले डिस्लेक्सियासँगको आफ्नो अनुभव र फरक तरिकाले सिकाइ, कक्षा १० की ओजस्वी श्रेष्ठले व्यक्तिगत भिसा अस्वीकृतिको अनुभव र जन्मसिद्ध पासपोर्टले अवसरमा पार्ने प्रभाव तथा आईबीडीपी २ की प्रशिद्धि कार्कीले एक्लो सन्तानका रूपमा हुर्किंदाको अनुभव, कोभिड–१९ महामारीका बेला महसुस भएको एक्लोपन र जीवनमा अनपेक्षित रूपमा बन्ने अर्थपूर्ण सम्बन्धबारे चर्चा गरिन् ।

टेडएक्स मञ्चमा आमन्त्रित वक्ताले पनि आ–आफ्ना क्षेत्रका अनुभव र विचार प्रस्तुत गरे । सृजनालयकी संस्थापक तथा निर्देशक शरारेह बज्राचार्यले शिक्षामा सिर्जनशीलता र कलाको भूमिकाबारे बोलेकी थिइन् ।

ईसेवा मनी ट्रान्स्फरका सीईओ अजेश कोइरालाले प्रविधि, नवप्रवर्तन र मानवीय उद्देश्यबारे विचार राखे । नेपाल इक्वेस्ट्रियन एसोसिएसन अध्यक्ष रवि राजकर्णिकारले ओलम्पिक मूल्यहरू उत्कृष्टता, मित्रता र सम्मानलाई व्यक्तिगत विकास र खेलकुदसँग जोडेर प्रस्तुत गरे ।

मिस नेपाल २००३ तथा जेम्स इन्टरनेसनलकी प्रबन्ध निर्देशक प्रीति सिटौलाले युवालाई उद्देश्य र दृढतासहित आफ्नो यात्रा अघि बढाउन प्रेरित गरिन् ।

टेडएक्स मञ्चसम्मको यात्राले विद्यार्थीलाई आत्मचिन्तन, स्पष्ट अभिव्यक्ति र आफ्ना विचारप्रति आत्मविश्वास साथ उभिन सिकाएको विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?