+
+
Shares

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला (तस्वीरहरू)

भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा तथा डा शशांक कोइराला समूहका नेता-कार्यकर्ताको उपस्थिति छ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ साउन २९ गते १३:२२

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको हो।

भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा तथा डा शशांक कोइराला समूहका नेता-कार्यकर्ताको उपस्थिति छ। भेला मिराकल पार्टी प्यालेस काठमाडौंमा भएको हो।

भेलालाई हिजोमात्रै काठमाडौं आइपुगेका निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन्। जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका उनी उपचारका लागि सिंगापुर गएका थिए। उनी पाँच महिनापछि हिजो नेपाल फर्किएका हुन्।

उनको स्वागतमा उनकै समूहका नेता कार्यकर्ताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। त्यहाँबाट बाजागाजासहित चुनदेवीमा रहेको यो समूहको सम्पर्क कार्यालयमा पुर्‍याइयो । त्यहाँ उनले सम्बोधनसमेत गरे। बन्दसत्र साउन ३० र ३१ गते हुने जनाइएको छ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?