+
+
Shares

प्रियंकाको फिल्म ‘मास्टर्नी’ लाई १६ वर्ष मुनिका दर्शकले हेर्न नपाउने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रियंका कार्की अभिनित फिल्म 'मास्टर्नी' १६ वर्ष मुनिका दर्शकका लागि प्रतिबन्धित गरिएको छ ।
  • केन्द्रीय चलचित्र जाँच समितिले फिल्म 'मास्टर्नी'लाई प्रदर्शनका लागि एडल्ट सर्टिफिकेट प्रदान गरेको छ ।
  • शुभेन्दु घोष निर्देशित यो फिल्म आगामी ५ भदौदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउँदैछ ।

काठमाडौं । प्रियंका कार्कीको आगामी फिल्म ‘मास्टर्नी’ विभिन्न कारणले चर्चामा छ । सुरुमा दुर्गेश थापाले कम्पोज गरेको प्रवर्धन गीतले फिल्मलाई चर्चा र विवाद निम्तायो ।

त्यसपछि रिलिज भएको फिल्मको अफिसियल गीत ‘गुराँस फुल्दा’ लाई लिएर अभिनेत्री सुस्मिता केसीले असन्तुष्टि व्यक्त गरिन् । सुस्मिताले आफ्नो मौलिक गीतभन्दा यो गीत उत्कृष्ट नरहेको भन्दै फेसबुकमा स्टाटसै लेखेकी थिइन् ।

यतिबेला भने, यो फिल्म अर्को कारणले चर्चामा छ । त्यो हो- १६ वर्षभन्दा मुनिका दर्शकले फिल्म हेर्न नपाउनु ।

केन्द्रीय चलचित्र जाँच समितिले ‘मास्टर्नी’ हेर्न १६ वर्षभन्दा तलका दर्शकलाई रोक लगाएको छ । फिल्मले शुक्रबार एडल्ट सर्टिफिकेट प्राप्त गरेको छ ।

शुभेन्दु घोष निर्देशित फिल्ममा प्रियंकासहित आर्यन सिग्देल, अनुपविक्रम शाही, प्रमोद अग्रहरि, ऋचा शर्मा, गौरी मल्ल, सरोज खनाल लगायतको अभिनय छ ।

यो फिल्म ५ भदौ (२१ अगस्ट)देखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?