२९ साउन, काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले केन्द्रीय सभापति गगन थापाले भनेको कांग्रेस २.० मा आफू समावेश नरहेको बताएका छन् । संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘आज कांग्रेस २.० भनेको छ । म त्यो कांग्रेस २.० भित्र पर्दैन । बाध्यात्मक रूपमा म त्यो टू प्लस जिरोभित्र पर्नुपर्ने हो भने म त्यो भित्र हुनेछैन,’ बलायरले भने, ‘किनकि २.० भनेको बीपीदेखि शेरबहादुरसम्मको कांग्रेसको अन्त र एउटा नयाँ व्यक्तिको सुरुवातबाट सुरु भएको दोस्रो कांग्रेस हो । त्यो कांग्रेसभित्र म पर्दैन । तपाईँ पर्नुहुन्छ कि पर्नुहुन्न तपाईँले निर्णय गर्ने कुरा हो ।’
बीपीको समाजवाद जीवनपर्यन्तसम्म आवश्यक रहेको सभापति बलायरले बताए ।
‘हामी त्यसका अनुयायी हौं, हाम्रो त्यसमा कसैसँग पनि सम्झौता हुनसक्दैन,’ बलायरले भने । भेलामा उपस्थित भएका नेता संघर्षको विरासत बोकेको पनि उनले टिप्पणी गरे । उनले अगाडि भने, ‘यहाँ उपस्थित भएको जमात संघर्षै–संघर्षको बथान हो । यो कुरा सानेपामा हुनेहरूलाई के थाहा ?’
प्रतिक्रिया 4