+

राष्ट्रिय खेलकुदमा खेलाडीलाई दैनिक म्याच फीको व्यवस्था गर्न माग

२०८३ साउन  २९ गते १९:२२ २०८३ साउन २९ गते १९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद्ले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन गर्ने निर्णय गरेको छ।
  • कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले खेलाडीको मनोबल बढाउन प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियलका लागि दैनिक म्याच फीको व्यवस्था गर्न माग गरेका छन्।
  • बैठकले पहिलोपटक राष्ट्रिय पारा खेलकुद प्रतियोगिता पुस १५ गतेदेखि आयोजना गर्ने र २०औँ एसियाली खेलकुदका लागि नेपाली टोलीको नामावली अनुमोदन गर्ने निर्णय गरेको छ।

२९ साउन, काठमाडौं । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियललाई दैनिक म्याच फिको व्यवस्था गर्न माग गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को १२५औं बोर्ड बैठकमा घोषले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियललाई दैनिक म्याच फीको व्यवस्था गर्नुपर्ने सुझाव दिएका हुन् । यस्तो व्यवस्थाले खेलाडीको मनोबल बढाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

बैठकले कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै, पहिलोपटक राष्ट्रिय पारा खेलकुद प्रतियोगिता पुस १५ गतेदेखि आयोजना गर्ने तथा २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी तथा अफिसियलको नामावली अनुमोदन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा घोषले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न कोशी प्रदेश सरकार र प्रदेश खेलकुद विकास बोर्ड तयारी अवस्थामा रहेको जानकारी गराए ।

यस्तै, १७औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको राष्ट्रिय प्रतियोगिता पनि कोशी प्रदेशमा आयोजना हुने जानकारी दिँदै त्यसका लागि प्रदेश सरकार र बोर्ड तयारीमा रहेको उनले बताए ।

घोषले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत रहेका कोशी प्रदेशका खेलकुद पूर्वाधार प्रदेश सरकारलाई सञ्चालनका लागि हस्तान्तरण गर्नुपर्ने विषयसमेत उठाएका छन् । वैजनाथपुर क्रिकेट रंगशाला, इटहरी रंगशाला, सहिद रंगशालालगायतका संरचना प्रदेश सरकारलाई हस्तान्तरण भए थप लगानी गरेर निर्माण तथा स्तरोन्नतिको काम अघि बढाउन सकिने उनले बताए ।

परिषद्अन्तर्गत रहेका कर्मचारी, प्राविधिक तथा प्रशिक्षकलाई प्रदेश खेलकुद विकास बोर्डमा समायोजन गर्न सके प्रदेशमा खेलकुद गतिविधि थप चलायमान बनाउन सकिने सुझावसमेत घोषले बैठकमा दिएका थिए ।

१०औँ राष्ट्रिय खेलकुद विप्लव घोष
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय