News Summary
Generated by OK AI. Editorially reviewed.- न्युजिल्यान्ड फुटबलले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पुनःनिर्वाचन अभियानलाई समर्थन नगर्ने निर्णय गरेको छ।
- फिफाभित्रको बढ्दो असन्तुष्टि र विवादास्पद व्यावसायिक योजनाका कारण न्युजिल्यान्डले स्वतन्त्र समीक्षाको माग गरेको छ।
- एनजेडएफका प्रमुख कार्यकारी एन्ड्र्यु प्राग्नेलले भन्नुभयो, 'स्वतन्त्र समीक्षाले विश्वास पुनःस्थापित गर्न सहयोग गर्नेछ।'
२९ साउन, काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पुनःनिर्वाचन अभियानलाई न्युजिल्यान्डले समर्थन नगर्ने भएको छ ।
विश्वकपको व्यावसायिक अधिकार निजी लगानीकर्तालाई बिक्री गर्ने असफल योजनालाई लिएर इन्फान्टिनोमाथि विश्व फुटबलमा बढ्दो असन्तुष्टिबीच न्युजिल्यान्ड पनि समर्थनबाट पछि हटेको हो ।
इन्फान्टिनोको योजनाप्रति यसअघि युरोपेली फुटबल महासंघ (यूईएफए), एसियाली फुटबल महासंघ (एएफसी) र उत्तर तथा मध्य अमेरिका तथा क्यारिबियन क्षेत्रको फुटबल महासंघ (कन्काकाफ) ले समर्थन गुमाएका थिए । अफ्रिकी फुटबल महासंघ (काफ) र दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबोल) भने इन्फान्टिनोलाई चौथो कार्यकालका लागि समर्थन गर्ने पक्षमा छन् ।
न्युजिल्यान्ड फुटबल (एनजेडएफ) ले फिफा फर्वार्ड इन्टरप्राइज योजना (एफएफई) निर्माणको प्रक्रियाबारे स्वतन्त्र समीक्षा आवश्यक रहेको जनाएको छ ।
‘फिफाभित्रका निर्णय र गतिविधिले अन्तर्राष्ट्रिय फुटबलमा विश्वासको कमी र विभाजन बढाएको हाम्रो निष्कर्ष छ। विश्वास पुनःस्थापित गर्न स्वतन्त्र समीक्षा आवश्यक छ,’ एनजेडएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एनजेडएफका प्रमुख कार्यकारी एन्ड्र्यु प्राग्नेलले समीक्षा फिफाभित्रैबाट हुने औपचारिकता मात्र नभई वास्तविक र स्वतन्त्र हुनुपर्ने बताए ।
‘हामीले स्वतन्त्र समीक्षा मागेका हौं, किनकि यस विषयमा भित्रैबाट गरिने सामान्य समीक्षा मात्र पर्याप्त हुँदैन। स्वतन्त्र समीक्षाले विश्वास पुनःस्थापित गर्न सहयोग गर्नेछ,’ उनले भने ।
न्युजिल्यान्डसहित इंग्ल्यान्ड, वेल्स, नर्वे, आयरल्यान्ड र उत्तरी आयरल्यान्डले यसअघि नै इन्फान्टिनोको पुनःनिर्वाचनलाई समर्थन नगर्ने बताएका छन् ।
ओसियाना फुटबल महासंघ (ओएफसी) ले भने फिफाले एफएफई प्रस्ताव फिर्ता लिएको निर्णयको स्वागत गरेको छ। तर महासंघले इन्फान्टिनोलाई समर्थन वा समर्थन फिर्ता गर्ने विषयमा स्पष्ट धारणा सार्वजनिक गरेको छैन ।
ओएफसीले पछिल्लो एक दशकमा फिफाको नेतृत्वमा ओसियाना क्षेत्रमा फुटबल विकासमा भएको प्रगतिलाई उल्लेख गर्दै प्रस्तावसँग सम्बन्धित विषयको समीक्षा आवश्यक रहेको जनाएको छ ।
ओएफसीका ११ सदस्य राष्ट्रमध्ये सन् २०२६ को विश्वकपमा छनोट हुने एकमात्र टोली न्युजिल्यान्ड हो ।
फिफा अध्यक्षको निर्वाचन आगामी मार्चमा हुने फिफा कंग्रेसबाट हुनेछ ।
-बीबीसीबाट
प्रतिक्रिया 4