News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकढिक्का हुने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।
- पार्टीको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेको उल्लेख गरे ।
- कोइरालाले भने, ‘नेपाली कांग्रेसमात्रै यस्तो पार्टी हो, जसले सधैं सबैलाई मिलाएर हिंडेको पार्टी हो र हामी कसैको निरंकुशता स्वीकार गर्दैनौं ।’
२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकढिक्का हुने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।
शुक्रबारबाट शुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले उक्त विश्वास व्यक्त गरेका हुन् ।
‘नेपाली कांग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेको छ । नेपाली कांग्रेस हामी मिलाउँछौं, मिल्छ भनेर’ कोइरालाले भने, ‘मलाई विश्वास छ नेपाली कांग्रेस एकढिक्का हुन्छ र हुन्छ भन्ने कुरामा म विश्वस्त छु । यो देशको निम्ति एकढिक्का हुन जरुरी छ ।’
साथै, उनले पार्टी सधैं सबैलाई मिलाएर हिंडेको पार्टी बताए ।
‘नेपाली कांग्रेस मात्रै यस्तो पार्टी हो, जसले सधैं सबैलाई मिलाएर हिंडेको पार्टी हो । हामी कसैको निरंकुशता स्वीकार गर्दैनौं’, उनले भने ।
प्रतिक्रिया 4