३० साउन, हुम्ला । जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका-६ लिमिका तीन गाउँ आउजाउ गर्न सकस भएको छ ।
शुक्रबारको वर्षाले नाम्खा गाउँपालिका-६ मा पर्ने जाङ गाउँ नजिकै सडक पहिरोले अवरुद्घ भएपछि स्थानीयवासी मर्कामा परेका हुन् ।
सडक अवरुद्घ हुदाँ नाम्खा गाउँपालिका-६ का तिल, जाङ र हल्जी गाउँमा आउजाउ गर्न कठीन भएको नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । ‘सडक अवरुद्धपछि सवारी साधान ठप्प भएको छ, यहाँ स्थानीयवासीलाई आउजाउ गर्न समस्याका साथै एघार सय वर्ष पुरानो लिमीको हल्जी गुम्बा हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समस्या भएको छ’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4