News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको इतर समूहले काठमाडौंको सुकेधारामा आयोजना गरेको राष्ट्रिय भेलामा आजदेखि बन्दसत्र सुरु भएको छ।
- बन्दसत्रमा नेता विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, डा. प्रकाशशरण महतले आर्थिक-सामाजिक नीतिको कार्यदिशा र एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका छन्।
- हिजोबाट शुरू भएको सो भेला भोलिसम्म सञ्चालन हुने बताइएको छ।
३० साउन, काठमाडौं । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला हिजोबाट जारी छ ।
काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी राष्ट्रिय भेलामा आजबाट बन्दसत्र सुरु भएको छ ।
जारी बन्दसत्रमा नेताहरूले विभिन्न प्रतिवेदनहरू पेश गर्न थालिएको छ । हालसम्म राजनीतिक प्रतिवेदन, आर्थिक सामाजिक नीतिको कार्यदिशा, समसामयिक राजनीतिक प्रतिवेदन पेश भएका छन् । अन्य प्रतिवेदनहरू पनि पेश हुने क्रममा छन् ।
बिमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने डा. प्रकाशशरण महतले आर्थिक सामाजिक नीतिको कार्यदिशा पेश गरेका छन् ।
त्यस्तै, एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
हिजोबाट सुरु भएको कांग्रेस इतर समूहको भेला भोलिसम्म चल्ने बताइएको छ ।
प्रतिक्रिया 4